बोर्डले धितोपत्रको सूचीकरण तथा कारोवार प्रक्रियालाई थप व्यवस्थित, प्रविधि तथा बजारमैत्री र समसामयिक बनाउन सूचीकरण तथा कारोवार नियमावली परिमार्जन गरेको जनाएको छ ।
बोर्डकाे व्यवस्था अनुसार अब सूचीकृत संगठित संस्थालाई ए, वि, जि र जेड गरी चार वर्गमा वर्गिकरण गरिनेछ । यसअघि यस्ता संस्थालाई ए र वि गरी दुई समुहमा वर्गिकरण गरिँदै आएको थियो ।
अन्तर्राष्ट्रिय अभ्यासलाई समेत दृष्टिगत गरी संगठित संस्थाको चुक्ता पूँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी चार वर्गमा वर्गिकरण गर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
जसले गर्दा सूचीकृत संगठित संस्थाको वर्ग अनुसार लगानीकर्ताले जोखिमको स्तर अनुमान गर्नसक्ने तथा धितोपत्र बजारले समेत सोही बमोजिम कारोबारलाई सहजीकरण गर्न सक्ने बोर्डको भनाई छ ।
बोर्डले धितोपत्र सम्वन्धी ऐन, २०६३ को व्यवस्था बमोजिम “धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५” साउन देखि कार्यान्वायनमा ल्याउने भएको हो ।