बैंकको सेयर विक्री प्रबन्धक प्रभु क्यापिटका अनुसार संस्थापक सेयरको १०० रुपैयाँ तथा साधारण सेयरको १०१ रुपैयाँ कटअफ कायम भएको छ ।
लिलामीको साधारण सेयर बजार मूल्यभन्दा पाँच रुपैयाँ सस्तोमा सकारेका हुन् । कर्णाली डेभलपमेण्ट बैंकको बिहिबार प्रतिकित्ता १०६ रुपैयाँमा नेप्सेमा सेयर कारोबार भएको छ ।
बैंकको ५ लाख २३ हजार ५७० कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको थियो । संस्थापक सेयरका लागि आवेदन गर्ने सबै २८ जनाले सेयर पाएका छन् । आवेदक सबैले १०० रुपैयाँमा बोलपत्र पेश गरेका थिए ।
उता साधारण एक लाख ८४ हजार ५८८ कित्ता साधारण सेयरको लागि अधिकतम ११६ रुपैयाँसम्मको आवेदन परेको थियो । साधारण सेयरको लागि बोलपत्र पेश गरेका ७८ मध्ये ६० जनाले सेयर हात पारेका छन् । १८ जनाले भने सेयर प्राप्त गर्न सकेनन् ।