नेप्सेको वेभसाइट सुचारु हुन नसक्दा आम लगानीकर्ताले समयमा नै सुचना पाउनबाट बञ्चित हुन पुगेको छन् ।
करिब २५ मिनेटसम्म भने नेप्सेको साइटमा अघिल्लो दिनको कारोबारको तथ्याङ्क नै देखा परेको छ ।
नेप्सेको वेभसाइट नै राम्रोसँग नचल्ने क्रम पटक पटक दोहोरीदा ब्रोकर अफिस नपुगी, आफ्नै घर वा कार्यालयबाट शेयर खरिद बिक्रीमा सहभागी हुने लगानीकर्तामा मर्कामा पर्ने गरेका छन् ।
ब्रोकर कार्यालयमा उपलब्ध नेप्सेको विन्डो भने सुचारु रहेको छ । ब्रोकर अफिसमै पुग्ने लगानीकर्ताले भने बजारको अपडेट लिन पाएका छन् ।
करिब आधा घण्टाको कारोबार अवधिमा नेप्से सूचक ०.८० अंकले बढेको छ । यस अवधिमा २५ कम्पनीका ९ हजार ४४८ कित्ता शेयर ३३ लाख ३४ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ ।