बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले लगानीकर्तालाई आर्थिक वर्ष २०७३/७४ को सञ्चित नाफाबाट बोनस वितरण गर्ने निर्णय गरेको हो ।
बैंठकले हाल कायमा चुक्ता पूँजीको ५.५५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.२९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । जस अनुसार बैंकले बोनसमा २ करोड ६४ लाख रुपैयाँ र कर तिर्न १३ लाख ८९ हजार ४७३ रुपैयाँ वितरण गर्नेछ ।
राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले लाभांश पाउनेछ ।
भार्गवले गत वर्ष निष्काशन गरेको ८० प्रतिशत हकप्रदपछि कायम चुक्ता पुँजी ४७ करोड ५२ लाख रुपैयाँबाट बोनस र नगद लाभांश वितरण गर्न लागेको हो । बोनसपछि बैंकको चुक्ता पूँजी ५० करोड १६ लाख नाघ्नेछ ।