रिलायन्सको संस्थापक सेयर लिलामी खुल्यो,वोमीको साउन १५ देखि

Jul 24, 2018 Merolagani

रिलायन्स फाइनान्स (FLFL) ले मंगलबारदेखि संस्थापक समूहको तीन लाख एक हजार २७४ कित्ता सेयर लिलामी खुला गरेको छ । उता वोमी माइक्रोफाईनान्सले पनि साउन १५ गतेदेखि संस्थापक र साधारण गरि ११ हजार ५४४ कित्ता सेयर लिलामीमा ल्याउने भएको छ ।

रिलायन्स फाइनान्सले यसअघि गरेको दुई पटककको लिलामीमा सबै संस्थापक सेयर बिक्री नहुँदा फाइनान्सले तेश्रो पटक लिलामीमा ल्याएको हो ।

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, सनराइज बैंकका विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, रिलायन्स फाइनान्सको शाखा कार्यालयहरु पोखरा, नारायणगढ, बनेपा र झापाको चारआलीबाट पनि साउन १६ गतेसम्म बुधबारसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

वोमी माइक्रोफाईनान्स (WOMI) ले कम्पनीले निष्काशन गरेको हकप्रद सेयरमा ७ हजार ६६२ दशमलव २० कित्ता साधारण र ३ हजार ८८२ दशमलव ८० कित्ता संस्थापक सेयर अवितरित भएपश्चात कम्पनीले लिलामीमा ल्याउने भएको हो ।

लघुवित्तको सेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार लिलामीमा क्यापिटको कार्यालय नारायणचौर नक्साल, वोमीको कार्यालय भरतपुर चितवन, र सिद्धार्थ बैंकको शाखा कार्यालयहरु विराटनगर ,वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढबाट साउन २२ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

कम्पनीले निष्काशन गरेको ३० प्रतिशत हकप्रद रीतपूर्वक आवेदन दिने सेयरधनीलाई दुई लाख २१ हजार ७३५ कित्ता सेयर असार २८ गते बाँडफाँड गरिएको थियो । कम्पनीले बाँकी सेयर साउन १५ देखि लिलामी गर्न लागेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।