सीमित बैंकिङ्ग कारोबार गर्ने सहकारीको अनुमति रद्ध गरिएको होईन: राष्ट्र बैंक

Jul 24, 2018 Merolagani

नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ्ग कारोबार गर्ने १४ सहकारी संस्थाको अनुमतिपत्र रद्ध नभई राष्ट्र बैंकको नियामकीय तथा सुपरिवेक्षकीय दायराबाट मात्र अलग गराएको प्रष्ट पारेको छ । साथै राष्ट्र बैंकले ती संस्थाहरुले बचत तथा ऋण सहकारी संस्था सरह कारोबार गर्न सक्ने जनाएको छ ।



राष्ट्र बैंकले मौद्रिक नीति मार्फत गरेको व्यवस्था अनुसार साउन एक गतेदेखि लागू हुने गरी सीमित बैंकिङ्ग कारोबार गर्ने १४ सहकारी संस्थालाई नियामकीय तथा सुपरिवेक्षकीय दायराबाट अलग गराउने निर्णय गरेको थियो ।

राष्ट्र बैंकले ती सहकारी संस्थाहरुले राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन लगायत अन्य प्रचलित कानुनको पालना नगरेको हुनाले कारबही स्वरुप अनुमति रद्य गरिएको भन्ने भ्रममा नपर्न समेत आग्रह गरेको छ ।

साथै ती संस्थाहरुले सहकारी सम्बन्धि प्रचलित ऐन अन्तर्गत रही अन्य बचत तथा ऋण सहकारी संस्था सरह कारोबार गर्न सक्ने जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।