किसान माईक्रोफाइनान्सको खुद नाफा घट्दा १९ रुपैयाँ झर्यो प्रतिसेयर आम्दानी

Jul 28, 2018 Merolagani

किसान माइक्रोफाइनान्स (KMFL) काे खुद नाफा घट्दा प्रतिसेयर अाम्दानीमा १९ रूपैयाँ २५ पैसा गिरावट अाएकाे छ । अघिल्लाे अावमा ४४ रुपैयाँ ६० पैसा रहेकाे माइक्रोफाइनान्सकाे इपिएस २५ रुपैयाँ ३५ पैसामा झरेकाे हाे । चुक्त्ता पूँजी वृद्धिकाे असर कम्पनीकाे प्रतिसेयर अाम्दानीमा देखिएकाे छ ।

किसान माइक्रोले गत आर्थिक वर्षमा एक करोड २१ लाख ८१ हजार खुद नाफा कमाएकाे छ । उसले अघिल्लो आवमा एक करोड ४३ लाख ६० हजार रुपैयाँ मुनाफा अार्जन गरेको थियो । कम्पनीको खुद नाफा ४१ लाख ७९ हजारले घटेकाे हो । 

समीक्षा अवधिमा तीन करोड २२ लाख रुपैयाँ चुक्ता पूँजीबाट २४ प्रतिशत हकप्रद, २० प्रतिशत बोनस तथा संस्थापकबाट ५० प्रतिशत हकप्रद वापतकाे एक करोड ४४ लाख कल इन एडभान्स्ड जुटाएर ६ करोड २४ लाख चुक्ता पूँजी कायम गरेको उल्लेख गरेकाे छ ।

माइक्रोफाइनान्सको जगेडा कोषमा दुई करोड ६० लाख ३९ हजार रुपैयाँ सञ्चित छ । एक वर्षको अवधिमा माइक्रोफाइनान्सको निष्कृय कर्जा अनुपात ०.९५ प्रतिशतबाट घटेर ०.९३ प्रतिशतमा झरेको छ ।

माईक्रोफाइनान्सले गत आवमा २५ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन तथा ७७ करोड ४९ लाख सापटी लिएर एक अर्ब रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । यसबाट माईक्रोफाइनान्सले पाँच करोड ४२ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लाे अावभन्दा ३८ लाख रूपैयाँ कम हाे ।

कम्पनीले स्पेडदर ९.९५ प्रतिशतबाट ५.२४ प्रतिशतमा भएका कारणरले गत आवको तुलनामा कम्पनीको खुद नाफा बढाउन नसकेको जनाएको छ । त्यस्तै दुर्गम क्षेत्रमा गरिएको शाखा विस्तार, र संस्थाको निक्षेप लागतमा भएको वृद्धिले संस्थाको मुनाफामा ह्रास अाएकाे जनाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।