राष्ट्रिय बीमा नीति बमोजिम विदेशी कम्पनीहरुलाई व्यवस्थित गरिने : अर्थमन्त्री

Jul 29, 2018 Merolagani

बीमा विद्येयक २०७५ संघीय संसदमा प्रस्तुत भएको छ । संघीय संसदको आइतबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बीमा विद्येयक २०७५ प्रस्तुत गरेका हुन् ।

बीमा विद्येयक संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले पुरानो बीमा समिति भन्दा बलियो बनाउन बीमा प्राधिकरणको बनाउन लागिएको जानकारी दिए ।

अर्थमन्त्री डा. खतिवडाले संसदमा प्रस्तुत गरेको बीमा विद्येयकमा हालको बीमा समितिलाई प्राधिकरणमा रुपान्तरण गर्ने व्यवस्था गरिएको छ ।

विधेयकमा भएको ब्यवस्था जस्ताको त्यस्तै पारित भएमा समितिका बर्तमान अध्यक्ष तथा सञ्चालक समिति सदस्यहरु पदमुक्त हुनेछन्।

बीमाको पहुँच बढाउन सरकारले बजेटमा नै खास खास वर्ग, क्षेत्र र उमेर समुदायलाई निशुल्क स्वस्थ्थ बीमा गरिने व्यवस्था गरिएको बताए । बीमा व्यवसाय सीमित व्यक्तिहरुको हातमा हुन नदिन धेरै बीमा कम्पनीहरुको आवश्यकता रहेको औल्याउँदै उनले प्रतिस्पर्धी व्यवसायीक वातावरण निमार्णका लागि कानून पनि बलियो बनाउनुपर्नेमा जोड दिए ।

बीमा व्यवसायमा कार्टेलिङ्ग, फर्जी बीमाको दाबी नहोस र गल्ती गर्नेले उन्मुक्ती नपाओस् भन्नका लागि बीमा समितिलाई बलियो बनाउन बीमा प्राधिकरणको अवधारणा अघि सारिएको बताए । बीमा क्षेत्रका विकृति रोक्न बीमा विद्ययेक ल्याइएको मन्त्री खतिवडाले बताए ।

विदेशी बीमा कम्पनीहरुलाई व्यवस्थित गर्नुपर्नेमा उनको जोड छ । राष्ट्रिय बीमा नीति बमोजिम बीमा क्षेत्रको विस्तार गरीने बताउँदै उनले राष्ट्रिय पूँजीमा सञ्चालित बीमा कम्पनीहरुलाई बलियो बनाउन राष्ट्रिय बीमा संस्थानलाइ प्राधिकरणमा लगिन लागेको स्पष्ट पारे ।

खतिवडाले बीमा संस्थानलार्इ निजीकरण गर्ने सरकारको सोच नरहेको समेत प्रष्ट पारे ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।