दोलखाबासीलाई माथिल्लो तामाकोशीको आर्इपिओ खुल्यो, काठमाण्डौंबाटै आवेदन सुविधा

Aug 01, 2018 Merolagani

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर खुला गरेको छ।आयोजनाले एक अर्ब पाँच करोड बराबरको आईपिओ निष्काशन गरेको हो । उक्त आईपिओमा काठमाण्डौंबाट पनि आवेदन गर्न सकिने सुविधा दिईएको छ ।

 

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले दोलखाबासीका लागि १०० रुपैयाँ अंकित दरका एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड ५ लाख ९० हजार कित्ता आईपिओ निष्काशन गरेको हो ।

ईच्छुक लगानीकर्ताले उक्त आईपिओमा न्यूनतम ३० कित्ता देखि अधिकतम तीन सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । दोलखाबासीले दोलखाबाट साउन १६ गतेदेखि भदौ १४ गतेसम्म आवेदन दिन पाउनेछन् भने काठमाण्डौं उपत्यकामा रहेका दोलखालीले उपत्यकाका आवेदन संकलन केन्द्रहरुबाट साउन १६ देखि २५ गतेसम्म मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

दोलखाबासीले आयोजना निमार्ण स्थल लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका १९ शाखाबाट आवेदन गर्न सक्नेछन् भने काठमाण्डौंबाट सनरार्इज बैंकका एघार शाखाबाट आवेदन गर्न सकिने व्यवस्था गरिएको छ ।

जिल्लाबासीलाई सेयर आवेदन भर्न डिम्याट खाता अनिवार्य गरिएको छैन । त्यस्तै दोलखाबासीलाई आयोजनाबाट अतिप्रभावित, कम प्रभावित र प्रभावितको सूचीमा वर्गिकरण गरिएको छ ।

आयोजनाको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।


सर्वसाधारणका लागि एक करोड ५८ लाख ८५ हजार कित्ता

स्थानीयको आईपिओ बाँडफाँड भएपश्चात आयोजनाले सर्वसाधारणका लागि एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गरिने कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

स्थानीय र सर्वसाधारण गरि कम्पनीले कूल २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ ।

आयोजनाले गत फागुनमा तीन करोड ६० लाख ६ हजार कित्ता सेयर बीमा संस्थानका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी, नागरिक लगानी कोष र सञ्चयकोषमा रकम जम्मा गर्ने कर्मचारीको लागि सेयर निष्काशन गरिसकेको छ ।

यस्तो छ आयोजनाको प्रगति

दोलखाको गौरीशङ्कर गाउँपालिका १ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको तामाकोशी आयोजनाको पूर्व स्वीकृत लागत ३५ अर्ब २९ करोड भएपनि बढेर ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको निर्माण कार्य ९५ प्रतिशत काम सम्पन्न भैसकेको छ । आगामी पुसभित्र बिजुली उत्पादन गर्नेगरि आयोजनाको काम आगाडि बढीरहेको छ ।

आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २ – २ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, स्थानीयबासीको १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत सेयर स्वामित्व रहनेछ ।

यस आयोजनाले दोश्रो चरणमा रोल्वाङ खोलाबाट १६७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको विस्तृत अध्ययन कार्य सम्पन्न गरिसकेको छ । यस्तै माथिल्लो तामाकोशीको विद्युत्त गृहबाट निस्कने पानीबाट १०१ मेगावाटको तामाकोशी पाँचौ निमार्ण गर्न कार्य अगाडि बढाइसकेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।