जीवन बीमा कम्पनी
सूचीकृत ७ जीवन बीमा कम्पनीमध्ये ४ कम्पनीले मात्रै लाभांस वितरण गरेका छन् । जीवन बीमा कम्पनीहरुमा सबै भन्दा धेरै लाभासं नेपाल लाइफ इन्स्योरेन्सका शेयरधनीहरुले पाएका छन् । आर्थिक वर्ष २०७३/७४ वा कम्पनीले ४२ प्रतिशत बोनस शेयर र २८.५ प्रतिशत नगद गरी ७०.५ प्रतिशत लाभांस वितरण गरेको हो ।
यस्तै प्राइम लाइफ १२.५ प्रतिशत, एशियन लाइफ इन्स्योरेन्स ४ प्रतिशत बोनस शेयर वितरण गरेको छ । सुर्या लाइफ इन्स्योरेन्सले १२ प्रतिशत बोनस शेयर ०.६३२ प्रतिशत नगद लाभांस वितरण गरेको छ ।
एलआईसी नेपाल, गराँस लाइफ र नेशनल लाइफले भने अझै आर्थिक बर्ष २०७३/७४ को साधारण सभा सम्पन्न गर्न सकेका छैनन् ।
निर्जीवन बीमा कम्पनी
१५ निर्जीवन बीमा कम्पनीहरु मध्ये ११ कम्पनीले आफ्नो शेयरधनीलाई लाभांश वितरण गरेका छन् । सबै भन्दा धेरै शिखर इन्स्योरेन्सले २९ प्रतिशत बोनस शेयर र १.५२ नगद गरी ३०.५२ प्रतिशत लाभांस वितरण गरेको हो ।
यस्तै एनएलजी इन्स्योरेन्सले २५ प्रतिशत बोनस शेयर र १.३१ प्रतिशत नगद, प्रुडेन्सियल इन्स्योरेन्सले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद, सिद्धार्थ इन्स्योरेन्स २० प्रतिशत बोनस र १.०५३ प्रतिशत नगद, प्रभु इन्स्योरेन्स १९.२० बोनस शेयर र १.०१ प्रतिशत नगद लाभांस वितरण गरेका छन् ।
नेको इन्स्योरेन्सले १० प्रतिशत र लुम्बिनी जनरल इन्स्योरेन्सले १२.८२ प्रतिशत, प्रिमियर इन्स्योरेन्स १३.५२ प्रतिशत, एभरेष्ट इन्स्योरेन्स १० प्रतिशत, नेपाल इन्स्योरेन्स ४.५२ प्रतिशत बोनस शेयर वितरण गरेका छन् । हिमालयन जनरलले १५ प्रतिशत नगद लाभांस वितरण गरेको छ ।
साधारण सभा सम्पन्न गरेपनि सगरमाथा, युनाईटेड, आइएमई जनरल इन्स्योरेन्सले भने लाभांश वितरण गरेका छैनन् । यि कम्पनीहरुले कुनै लाभांश प्रस्ताव गरेका थिएनन्।
राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०६३/६४ साल देखि साधारणसभा गरेको छैन । कम्पनीले एकै पटक तीन आर्थिक वर्षको साधारण सभा गर्ने १२० प्रतिशत बाेनस र ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको भएपनि बीमा समितिवाट स्वीकृत नहुँदा लाभांश वितरण गर्न सकिरहेको छैन ।