अमेरिकाको कारण सुस्ताएको यूरो क्षेत्रको आर्थिक विकासका लागि बैंकरहरुले ल्याए ब्याजदर घटाउने योजना

Aug 01, 2018 RSS

यस आर्थिक वर्षको दोस्रो त्रैमासिकमा युरोप क्षेत्रको आर्थिक विकासमा सुस्तता छाएको मङ्गलबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । वासिङ्टनका कारण निम्तिएको विश्व व्यापार समस्याले युरोप क्षेत्रको अर्थतन्त्रलाई समेत घाइते बनाउने सम्भावना बढेको हो ।

‘अमेरिका पहिला’ भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र व्यापारमा बढ्दो संरक्षणवादी नीतिका कारण युरोप क्षेत्रको आर्थिक विकाससमेत खतरा रहेको युरोपेली केन्द्रीय बैङ्क तथा अन्तरराष्ट्रिय मुद्रा कोषलगायतका प्रमुख आर्थिक संघसंस्थाले चेतावनी दिएका छन् ।

अप्रिलदेखि जुनसम्मको दोस्रो त्रैमासिकको समयमा युरोपका १९ मुलुकले प्रयोगमा ल्याएको एकल मुद्रा यूरोमा ०.३ प्रतिशतले सुस्तता आएको देखिएको छ ।

हुन त यस आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा आर्थिक वृद्धिदर ०.४ प्रतिशत रहेको युरोपेली यूनियन (इयू)को आर्थिक तथ्याङ्कसम्बन्धी अध्ययन तथा मूल्याङ्कन गर्ने निकाय यूरोस्टाटले जनाएको छ ।

वार्षिक आधारलाई नियाल्दा यूरो क्षेत्रको आर्थिक विकास गत वर्षको प्रथम तथा दोस्रो त्रैमासिक अवधिको २.५ बाट २.१ विन्दुमा झरेको छ ।

यो युरोप क्षेत्रको अर्थतन्त्रमा सुधार आउने भन्ने यस क्षेत्रका आर्थिक विश्लेषकका प्रक्षेपणको विपरीत हुन गएको छ । यूरो क्षेत्रका विश्लेषकले गत वर्षभन्दा यस वर्ष आर्थिक सूचकाङ्कमा वृद्धि देखिने बताउँदै आएका थिए ।

“यस वर्ष विश्व व्यापार बजार क्षेत्रमा देखिएको अनिश्चितताले यूरो क्षेत्रको अर्थतन्त्रसमेत घाइते पारिदिएको छ,” इन्टरनेसनल नेदरल्याण्ड ग्रुपले सञ्चालन गरेको बैङ्क (आइएनजी)का वरिष्ठ अर्थशास्त्री बर्ट कोलिजनले बताए।

“आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा वास्तविक निर्यात वृद्धिमा सुस्तता आएको छ यसमा सबैले भन्ने गरेको व्यापार विवाद एक विश्वस्त कारक मानिएको छ,” उनले भने।

यस वर्ष यूरो क्षेत्रको अर्थतन्त्रमा सन् २०१७ मा जस्तो वृद्धि नहुने प्रक्षेपण 

युरोपेली केन्द्रीय बैङ्कका प्रमुख मारियो ड्रागीले गत बिहीबार नै संरक्षणवादको नकारात्मक प्रभाव यूरो क्षेत्रको आर्थिक वृद्धिका लागि प्रमुख तगारो बन्ने र यस वर्ष यूरो क्षेत्रको अर्थतन्त्रमा सन् २०१७ मा जस्तो वृद्धि नहुने प्रक्षेपण गरिसकेका थिए।

अन्तरराष्ट्रिय मुद्रा कोषका प्रमुख अर्थशास्त्री मौरिस असफेल्डले जुलाइमा एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वर्तमान संरक्षणवादी व्यापार नीतिका कारण युरोप क्षेत्रको व्यावसायिक क्षेत्रमा समस्या थप बढ्ने र यसले विश्वको आर्थिक वृद्धिलाइसमेत प्रभावित तुल्याउने चेतावनी दिएका थिए।

ह्वाइट हाउसमा भएको वार्तामा इयू र संयुक्तराज्य अमेरिकाले व्यापार युद्धलाई मत्थर बनाउने गरी सम्झौता गरेको घोषणासँगै केही दिनमै आएको तथ्याङ्कको विश्लेषण गर्दै आर्थिक जानकारले सहमतिलाई कमजोर निर्णय बताएका थिए । उनीहरूले यसबाट युरोप आर्थिक विकासको समस्या थप तनावग्रस्त बन्ने धारणा व्यक्त गरेका थिए ।

“व्यापार तनाव तन्किने र तप तीब्र बन्ने सम्भावना हाललाई टरेको छ । आर्थिक वर्षको दोस्रो अवधिमा अब आर्थिक वृद्धिका लागि थप लागिपर्ने र देखिएका नकारात्मक सूचकलाई सम्बोधन गर्नुपर्ने अवस्था आएको छ,” नेतिक्सस बैङ्कका डर्क सुमाकरले भने।

ब्याजदर इतिहासमै सबैभन्दा न्यून बनाउने निर्णय 

व्यापारमा देखिएको अनिश्चितताले गर्दा गत हप्ता इसिबीका गभर्नरहरू ब्याजदर इतिहासमै सबैभन्दा न्यून बनाउने निर्णय लिन बाध्य भए । उनीहरूले यही अक्टोवरदेखि ‘गुणात्मक सहयोग’का लागि वा ठूलो सङ्ख्यामा गोदाममा थन्किएर रहेको समानलाई किन्ने योजनालाई अघि बढाएका छन् ।

यसबाट वर्षको अन्त्यसम्ममा आर्थिक वृद्धिलाई निकै प्रोत्साहित गर्ने र आर्थिक वृद्धिमा देखिएको समस्यालाई निकै हदसम्म समायोजन गर्न सकिने धारणासहितको योजना बैङ्कहरूले ल्याएका हुन् ।

यो योजना इटालियाली बैङ्करहरूले समीक्षकलाई अचम्मित तुल्याउने गरी एक महिना पहिले ल्याएको कार्यक्रमलाई पछ्याएर ल्याइएको हो । वृहत पूँजी प्रोत्साहन कार्यक्रमले अपेक्षा गरेभन्दा पनि छिटो यही डिसेम्बरसम्ममा आर्थिक वृद्धिलाई निकै माथि उठाउने आँकलन गरिएको छ ।

क्यापिटल इकोनोमिक्सका जेनिफर म्याककेआउनले भने, “हामीले वर्षको अन्त्यसम्म आर्थिक वृद्धिलाई पहिलेकै अवस्थामा पुर्याउन केही महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा गरिएको थियो । तर अहिले देखिएको निरन्तरको सुस्तताले निश्चय पनि इसिबीलाई सतर्क अवस्थामा रहेको देखाएको छ ।”

इसिबीको सावधानीलाई यूरोस्टाटको मुद्रा सङ्कुचनबारे मङ्गलबार सार्वजनिक गरिएको तथ्याङ्कसँग परीक्षणमा राखिने छ जसले इसिबीको दुई प्रतिशतको लक्ष्यलाई पार लगाउनेछ ।

यूरोस्टाटले यूरो क्षेत्रको मुद्रास्फीतिलाई जुलाईसम्ममा इन्धनको मूल्यलाई उच्च २.१ प्रतिशतमा पुर्याउने जनाएको छ । यो अर्थ विश्लेषकले गरेको अनुमानभन्दा केही मात्रमा बढी हो ।
यूरोस्टाटले पनि जुनमा यूरो क्षेत्रको बेरोजगार दर ८.३ प्रतिशतमा खुम्चिने बताएको थियो ।

सन् २०१६ को सेप्टेम्बरमा प्रतिकात्मक मानिएको १०.० प्रतिशतको बेरोजगार समस्याको सीमारेखा उक्त क्षेत्रमा बिस्तारै बिस्तारै घटिरहेको छ । यद्यपि यो दर वित्तीय सङ्कटपूर्वको दर (७.५ प्रतिशत)  भन्दा अझै पनि औसतमा उच्च रहेको छ ।

एकल मुद्रा प्रयोग गर्ने १९ युरोपेली मुलुकमध्ये मे महिनामा सबैभन्दा कम बेरोजगार दर जर्मनीमा रहेको यूरोस्टाटको तथ्याङ्कमा देखिएको थियो । मेमा जर्मनीको बेरोजगार दर ३.४ प्रतिशत रहेको तथ्याङ्कमा छ ।

त्यस्तै यूरोलाई एकल मुद्राका रूपमा अवलम्बन गरेका १९ मुलुकमध्ये सबैभन्दा उच्च बेरोजगार दर ग्रीसमा रहेको देखिएको छ । ग्रीसले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार अप्रिलमा ग्रीसको बेरोजगार दर २०.२ प्रतिशत थियो । अर्को सङ्कटग्रस्त युरोपेली मुलुक स्पेनको बेरोजगार दर १५.२ प्रतिशत रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।