सिटिजन्स बैंकको एफपिओ नौ गुणा बढी माग, आवेदन गर्ने आज अन्तिम दिन

Aug 03, 2018 Merolagani

सिटिजन्स बैंक इन्टरनेशनल(CZBIl) ले निष्काशन गरेको एफपिओमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले गत मंगलबार देखि प्रिमियम सहित प्रतिकित्ता दुई सय रुपैयाँका दरले ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपिओ बिक्रीमा ल्याएको थियो ।

एफपिओमा माग भन्दा बढी आवेदन परेपछि पहिलो ४ कार्यदनमा बिक्री बन्द हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार तेस्रो दिनसम्म बैंकको एफपिओमा नौ गुणा बढीको आवेदन परेको छ ।

आज अन्तिम दिन अझै  बढी आवेदन पर्ने अनुमान गरिएको छ । जसले गर्दा बैंकको एफपिओ गोलाप्रथाबाट बाड्ने निश्चित छ ।

विहीबारसम्म ३९ हजार ८ सय बढी आवेदनबाट ४२ लाख कित्ता शेयर माग भएको छ । कुल ९ करोड २७ लाख बराबरको एफपिओमा तीन दिनमा ८४ करोड भन्दा बढीको आवेदन परेको बिक्री प्रबन्धकले बताएको छ ।

विहीबार दोस्रो बजारमा सिटिजन्स बैंकको शेयर प्रतिकित्ता २३३ रुपैयाँमा कारोबार भएको थियो ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।