माउन्टेन र घलेम्दी हाइड्रोको आईपिओमा आवेदन गर्ने आज अन्तिम दिन

Aug 05, 2018 Merolagani

माउन्टेन हाइड्रो नेपाल लिमिटेड र घलेम्दी जलविद्युत आयोजनाले निष्काशन गरेको साधारण सेयर (आईपिओ) भर्ने आइतबार अन्तिम दिन परेको छ । माउन्टेनले आयोजना प्रभावित पाँचथरका स्थानीयबासीका लागि १२ लाख ५० हजार कित्ता तथा घलेम्दीले म्याग्दीका स्थानीयबासीका लागि साढे ५ लाख कित्ता आईपिओ निष्काशन गरेको छ ।

माउन्टेन हाइड्रो नेपाल

माउन्टेनले गत असार २२ गतेदेखि १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गरेको हो । आईपिओ निष्कासन बन्द छिटोमा साउन ४ र ढिलोमा साउन २० गतेसम्म तोकिएकोमा थियो ।

माउन्टेनले १२ लाख ५० हजार कित्तामध्ये ७ लाख ५० हजार कित्ता पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाका लागि तथा ५ लाख कित्ता पाँचथरका अन्य क्षेत्रका स्थानीयबासिन्दालाई निष्काशन गरेको हो।

आइपिओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । जसमा न्युनतम ५० देखि अधिकतम ६००० हजार कित्तासम्म आवेदन गर्न पाइनेछ ।

आयोजनामा ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको लगानी हुने छ । १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दा र १० प्रतिशत सर्वसाधारणलाई आईपिओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

घलेम्दी हाइड्रोको पनि आज अन्तिम दिन

घलेम्दी जलविद्युत आयोजनाले स्थानीयका लागि निष्काशन गरेको साढे ५ लाख कित्ता साधारण शेयर (आईपिओ) भर्ने पनि आजै अन्तिम दिन परेको छ ।

हाइड्रोले पहिलो चरणमा असार २२ गतेदेखि आयोजना प्रभावित क्षेत्र म्याग्दी स्थित अन्नपूर्ण गाउँपालिकाका स्थानीयको लागि आईपिओ जारी गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र म्याग्दीका स्थानिय बासिन्दालाई १० प्रतिशत अर्थात ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गरेको हो । यो आईपिओ ३ वर्षसम्म शेयर बिक्री गर्न नपाउने शर्त राखेर स्थानीयलाई शेयर आवेदन खुलाएको हो ।

यस आइपिओमा छिटोमा साउन ४ र ढिलोमा साउन २० गतेभित्र आवेदन गर्न सकिनेछ । जसमा न्युनतम ५० देखि अधिकतम दुई हजार ७५० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा भिबोर क्यापिटल लिमिटेड रहेको छ । स्थानीयबासीले म्याग्दीको ग्लोबल आइएमई बैंक, प्रभु बैंक, गरिमा विकास बैंक, माछापुच्छ्रे बैंक र आयोजना प्रभावितलाई तोकिएको स्थानबाट शेयर आवेदन दिन सक्नेछन् ।

पहिलो चरणमा आयोजना प्रभावितका लागि शेयर जारी गरेपछि कम्पनीले ११ लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।