समताको खुद नाफा ४७.४५ प्रतिशतले घट्यो

Aug 05, 2018 Merolagani

आर्थिक बर्ष २०७४/७५ मा समता माईक्रोफाइनान्स (SMATA) को खुद नाफा ४७.४५ प्रतिशतले घटेको छ । अघिल्लो बर्ष एक करोड ४० लाख ५३ हजार रुपैयाँ खुद नाफा गरेको माइक्रोफाइनान्सको नाफा गत असार मसान्तमा ७३ लाख ८५ हजार रुपैयाँमा खुम्चिएको हो ।

तीन करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको जगेडा कोषमा दुई करोड १८ लाख रुपैयाँ सञ्चित छ । 

गत आवमा २५ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४३ करोड १५ लाख सापटी लिएको छ । कम्पनीले अघिल्लो बर्ष १३ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो भने २२ करोड ३० लाख सापटी लिएको थियो ।

समीक्षा अवधिमा माईक्रोफाईनान्सले ६९ करोड ८३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ भने अघिल्लो बर्ष ३७ करोड ९२ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

ब्याज आम्दानी ९ करोड १७ लाख रुपैयाँ आर्जन गरेको माइक्रोफाइनान्सले ५ करोेड २१ लाख खर्च गरेको छ । ब्याज खर्च बढ्दा माईक्रोफाइनान्सको खुद ब्याज आम्दानी तीन करोड ९५ लाख रुपैयाँ रहेको छ ।

माइक्रोफाइनान्समा खराब कर्जा अनुपात ०.२१ प्रतिशत छ । त्यसैगरि प्रति सेयर आम्दानी अनुपात १९ रुपैयाँ ४८ पैसा छ । मूल्य आम्दानी अनुपात ७०.८६ गुणा रहेको माईक्रोफाइनान्सको प्रति सेयर नेटवर्थ १५७ रुपैयाँ ५९ पैसा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।