बैंक र इन्स्योरेन्स कम्पनी बीच साउन २० गते बैंकांसुरेन्स सम्झौता भएसँगै एनसीसी बैंकका ग्राहकले बैंकको सबै शाखा कार्यालय मार्फत लाइफ इन्स्योरेन्स पोलिसी खरिद गर्न सक्ने भएका हुन् ।
सम्झौता अनुसार एनसीसी बैंकले कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री गर्नेछ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र प्राईम लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।