निर्जीवन बीमा व्यवसायमा १७ प्रतिशतकाे वृद्धि, पूँजी वृद्धि समय ३ महिनासम्म थपिने

Aug 05, 2018 Merolagani

बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाँईले गत आर्थिक वर्षमा निर्जीवन बीमा व्यवसायमा १७ प्रतिशतले वृद्धि भएको बताएका छन् । प्रभु इन्स्योरेन्स स्थापनाको २३ औं स्थापना दिवसको कार्यक्रममा चापागाँईल बीमा कम्पनीहरूको पूँजी वृद्धिको लागि ३ महिना मात्र समय थप हुनसक्ने जानकारी दिए ।

अध्यक्ष चापागाईले बीमा समितिको सुपरिवेक्षण तथा अनुगमनका कारण बीमा कम्पनीहरुको सुशासन राम्रो हुँदै गएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा बीमा समितिका अध्यक्ष चापागाँईले निर्जीबन बीमा कम्पनीहरु मध्ये प्रभु इन्स्योरेन्सको व्यवशाय औषत भएतापनि दाबी भुक्तानी न्यून रहेको बताए । अन्य परिसुचकहरु धेरै राम्रो रहेकोले थप सुशासित र अब्बल बन्दै व्यवसायीक दायरा बढाउन शुभकामना पनि दिए ।

बीमा कम्पनीमा कार्यरत कर्मचारी, अभिकर्ता तथा सर्भेयरको वृद्धि विकासको लागि बीमा तालिम केन्द्र स्थापना गरिएको चापागाँईले जानकारी दिए । उनले बीमा कम्पनीमा कार्यरत कर्मचारी, अभिकर्ता तथा सर्भेयरको वृत्ती विकासको लागि बीमा तालिम केन्द्र स्थापना गरिएको उल्लेख गरे ।

कम्पनी अध्यक्ष कुसुम लामाले बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्वन्धी निर्देशिका बीमा कम्पनीहरुको हितमा रहेको र समितिको सहि मार्ग निर्देशनले कम्पनीको व्यवसाय वृद्धि हुने बताउँदै बीमा तालिम केन्द्रको स्थापनाले बीमा क्षेत्रमा दक्ष जनशक्ति विकास हुने बताइन् ।

बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी वृद्धिको लागि हकप्रद शेयर निष्काशन भईसकेको र केही दिनमै हकप्रद शेयरको बाँडफाँड पश्चात कम्पनीले तोकिएको चुक्ता पुँजी कायम हुने  अध्यक्ष लामाले बताइन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा व्यवसाय वृद्धि गरेको बताए । कम्पनीले मेडिकल बीमाको लागि नगद रहित सेवा सञ्चालनको लागि अस्पतालहरुसंग सहकार्य गरेको र बीमितहरुको सुविधाको लागि राजमार्गहरुमा सवारी साधन बिग्रिएको अवस्थामा मर्मतको लागि वर्कशपहरुसँग सम्झौता गरिसकिएको बताए ।

हाल ३५ वटा शाखा तथा उपशाखाबाट सेवा प्रदान गरिरहेको कम्पनीले केहि समयभित्रै ७ वटा शाखा विस्तार गर्ने जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।