तीन करोड भ्रष्टाचारको आरोप

Aug 07, 2018 RSS

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकालले तीन करोड ९८ लाख ३६ हजार ९८७ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

लेखा अधिकृत ढकालले नक्कली कागजात तयार गरी नगरपालिकाको सञ्चित कोष खाताबाट आफ्नो व्यक्तिगत खातामा रकम जम्मा गरेको पाइएको आयोगले जनाएको छ । 

अधिकृत ढकालले अनियमित तरिकाले आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको सरकारी कोषको रकम आफैँले खर्च गर्नुका साथै आफ्ना परिवार तथा आफन्तका सदस्यको नाममा घरजग्गा खरिद गरेको पाइएको आयोगले अभियोग लगाएको छ । आयोगले विगो बमोजिमको रकम असुली गरी हदैसम्मको कारवाहीको माग गरेको छ ।

यस्तै आयोगले माई नगरपालिका इलाममा कार्यरत् तत्कालीन लेखा अधिकृत ढकाल सोही कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कालीदास ढकाल विरुद्धसमेत मुद्दा दायर गरेको छ । लेखा अधिकृत ढकालले इलाममा रहँदा समेत कटारी नगरपालिमामा जस्तै दुई करोड ३४ लाख ४३ हजार १०० रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

यस्तै प्रशासकीय अधिकृत कालीदास ढकालविरुद्ध पनि दुई करोड ३४ लाख ४३ हजार १०० रुपैयाँबराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । उनीहरुले रकम जम्मा गर्न बैंकलाई पठाइएको पत्र र कार्यालयमा रहने पत्रमा विवरण फरक फरक बनाउने, मिलेमतोमा नगरपालिकाको रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ ।

सरकारी कोषको रकम दूरुपयोग गरी आफ्ना आफन्तको नाममा जम्मा पारेको, घर जग्गा जोडेको पाइएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।