प्रोगेशिभ फाइनान्सको २८१% हकप्रदपछि कतिमा भयो सेयरमूल्य समायोजन ?

Aug 08, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा बुधबार प्रोगेशिभ फाइनान्स(PROFL)को सेयरमूल्य समायोजन भएको छ। फाइनान्सले जारी गर्न लागेको २८१ प्रतिशत हकप्रदपछि सेयरमूल्य समायोजन भएको हो। नेप्सेले प्रोगेशिभ फाइनान्सको समायोजित सेयरमूल्य प्रतिकित्ता १०७ रुपैयाँ ३५ पैसा रुपैयाँ निर्धारण गरेको छ। बुधबार फाइनान्सको सेयर कारोबार समायोजित सेयरमूल्यलाई आधार मानेर खुल्नेछ ।

फाइनान्स कम्पनीको १८० दिनको सेयर कारोबार मूल्यका आधारमा औसत आधारमूल्य ११७ रुपैयाँ १७ पैसा कायम भएको जनाएको छ ।

२१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सले भदौ ५ गतेदेखि एक बराबर २.८१ कित्ताको अनुपातमा ५९ करोड एक लाख रुपैयाँ बराबरको ५९ लाख एक हजार कित्ता हकप्रद निष्काशन गर्नेछ ।

राष्ट्र बैंकको निर्देशन अनुरुप फाइनान्सलाई ८० करोड चुक्ता पूँजी कायम गर्नुपर्ने भएपछि कम्पनीले भारी मात्रामा हकप्रद जारी गर्न लागेको हो ।

हकप्रदमा साउन २२ गते मंगलबारसम्म कायम रहेका सेयरधनीले धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्प्रर्ण बैंक तथा वित्तीय संस्थाको साथै बिक्री प्रबन्धक सनराइज क्यापिटल, प्रोगेशिभका सम्पुर्ण शाखा कार्यालय र सनराइज बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज,पोखरा, बुटवल, धरान, नारायणगढ, नेपालगञ्ज, दकम राजविराज र लाहानबाट असोज ८ गतेसम्म आवेदन गर्न सकिने विक्री प्रबन्धकसनराइज क्यापिटलले जनाएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म प्रोग्रेसिभले ३५ लाख ४७ हजार रुपैयाँ मात्र नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी एक रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ७० पैसा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।