लिलामी शेयरको न्यूनतम मूल्य एक सय रुपैयाँ तोकिएको छ । ईच्छुक लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नपर्ने हुन्छ ।
संस्थापक तर्फको शेयर खरिदका लागि न्यूनतम १ सय कित्तादेखि ३ हजार २ सय ८९ कित्ता र सर्वसाधारणको लागि २० हजार कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था रहेको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटलले जनाएको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौं तथा सूर्या लाइफको वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढी, महेन्द्रनगर र इटहरी शाखाबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले गत बैशाख ३१ देखि असार ३ गतेसम्म हकप्रद शेयर बिक्री गरेको थियो ।
मंगलबार सूर्या लाइफको प्रतिकित्ता शेयर ५ सय ४७ रुपैयाँमा कारोबार भएर बजार बन्द भएको थियो ।