चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अघिकृत कैलाश कुमार बजिमयले जारी गरेको प्रेश विज्ञप्तीमा विधेयक नीजि क्षेत्रसंग अन्योन्याश्रित रुपमा जोडिएको सम्बेदनशील बिषय भएकोले नीजि क्षेत्रसंग आवश्यक परामर्श एबं सरसल्लाह गर्नु पर्ने उल्लेख छ ।
व्यावसायिक वातावरणलाई स्थापित हुने गरि विद्येयक पारित गर्न चेम्बर अफ कमर्सले सरोकारवाला निकायलाई आग्रह गरेको छ । यस्तै बजारलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक सुधार गर्नु नेपाल चेम्बर अफ कमर्स प्रतिबद्द रहेको समेत विज्ञप्तीमा उल्लेख छ ।