आशालाग्दो गतिमा पुनःनिर्माण भएकाे प्राधिकरणकाे निष्कर्ष

Aug 09, 2018 RSS

धेरै भुकम्पपीडितले याे बर्षकाे बर्षा समेत टहरामै बिताउनुपरिरहेकाे बेला राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माण आशालाग्दो भएको निष्कर्ष निकालेको छ । आर्थिक वर्ष २०७४/७५ मा भएका प्रगतिको समीक्षा गर्न बुधबार प्राधिकरणले आयोजना गरेको कार्यक्रममा सचिव अर्जुनकुमार कार्कीले पुनःनिर्माणको प्रगति राम्रोसँग अघि बढिरहेको बताए ।

“आव २०७४/७५ पुनःनिर्माणका लागि आशालाग्दो र आव २०७५/७६ मा अझ बढी प्रगति हुने विश्वास छ, चालु आवमा निजी आवास पुनःनिर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य पूरा गर्न सबैले मेहनत गर्नुपर्छ”, उनले भने ।

पुनःनिर्माणलाई प्रभावकारी ढंगले अगाडि बढाउन र जनताको सुविधालाई प्राथमिकतामा राख्न स्थानीय सरकारलाई बढी जिम्मेवार एवं सहभागी गराइने सचिव कार्कीको प्रतिबद्धता थियो ।

प्राधिकरण कार्यकारी समिति सदस्य धु्रवप्रसाद शर्माले गत वर्षजस्तै यस वर्ष पनि समयसीमा निर्धारण गरेर अघि बढ्नुपर्ने र शहरी क्षेत्रको निजी आवास पुनःनिर्माणलाई तीव्रता दिन बहुतल्ले स्वामित्वको अवधारणालाई अवलम्बन गर्नुपर्ने धारणा राख्नुभयो । प्राधिकरणका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद दवाडीले समग्र क्षेत्रको पुनःनिर्माणमा भएको प्रगतिको सार प्रस्तुत गरेका थिए ।

प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का आयोजना निर्देशक गणेशराज बस्ती, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक तपेन्द्रबहादुर खड्का, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना निर्देशक इमनारायण श्रेष्ठले आआफ्नो प्रगति तथा आगामी योजनाबारे जानकारी दिए । 

यसैगरी वन तथा वातावरण मन्त्रालय, पुरातत्व विभाग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, सिँञ्चाइ तथा जलस्रोत विभागका प्रतिनिधिले पनि आ–आफ्नो जिम्मेवारीमा आएका पुनःनिर्माणका प्रगति, त्यसक्रममा देखिएका चुनौती र आगामी योजनाबारे प्रतिवेदन पेश गरेका थिए ।

दोस्रो किस्ता वितरण जारी राख्न निर्देशन

प्राधिकरणले भूकम्प प्रभावित लाभग्राहीलाई दोस्रो किस्ता वितरण जारी राख्न मातहत र सम्बन्धित निकायलाई निर्देशन दिएको छ । दोस्रो किस्ता लिने समयसीमा गत असार मसान्तसम्म रहेकाले केही जिल्लामा दोस्रो किस्ता वितरणमा अन्योल बढेको खबर आएपछि प्राधिकरणले किस्ताका लागि सिफारिश तथा निरीक्षण नरोक्न परिपत्र गरेको जनाएको छ ।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरले यसअघि तोकिएको म्यादकै कारण दोस्रो किस्ता रोक्नु नपर्ने सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए ।

“पहिलो किस्ता लिइ मापदण्डअनुसार घर बनाउन शुरु गरेका लाभग्राहीले दोस्रो किस्ताका लागि आवेदन दिएमा निरीक्षण गरी सिफारिश जारी राख्न अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एवं भवनका केन्द्रीय तथा जिल्ला आयोजना कार्यान्वयन एकाइ तथा सम्बन्धित स्थानीय तहका अधिकारी र स्थानीय तहमा खटिएका प्राविधिकलाई भनिसकिएको छ”, सहप्रवक्ता घिमिरले भने ।

म्यादकै कारण कुनै द्विविधा नमानी घर पुनःनिर्माण जारी राख्न र पहिलो किस्ता लिएर शुरु गरिनसकेको भए काम गरी किस्ता लिन लाभग्राहीलाई सहप्रवक्ता घिमिरेले आग्रह थियो ।

गत वर्ष चैत २० मा प्रधानमन्त्री एव प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले २०७५ असार मसान्तसम्म दोस्रो र २०७५ पुस मसान्तसम्म तेस्रो किस्ता लिने समयसीमा तोकेको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।