मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद २२ अनुसार मुद्रा सम्बन्धी कसूर अन्तर्गतको दफा २६३ मा बैंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैंक नोटमा लेख्न नहुने उल्लेख छ । यहि परिच्छेदमा नोट वा सिक्का जलाउने, केरमेट गर्ने वा नष्ट गर्न खोज्नेलाई कसुर मानि त्यस्ता व्यक्तिलाई ३ महिनासम्म जेल सजाय हुने उल्लेख छ ।
यसैगरी अधिकार प्राप्त अधिकारीको आदेशबीना कसैले मुद्राको रुपमा ग्रह्य भएको बैंक नोट वा सिक्का जलाउन वा त्यसलाई काम नलाग्ने गरी गाल्न वा च्याते पनि जेल जानुपर्ने व्यवस्था छ।
राष्ट्र बैंकले पहिला पनि बैंक नोटमा केरमेट नगर्न सूचना जारी गर्दे आएपनि पछिल्लो समय नेपाली नोटमा अनावश्यक रुपमा धेरै केरमेट हुन थालेपछि राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै बैंक नोटमा जथाभावी केरमेट गर्ने तथा सिक्कालाई पनि काम नलाग्ने बनाएको फेला परेमा यस्तो कारवाही हुने जनाएको हो । यस्तो कानूनी सजाय हुने व्यवस्था पहिला पनि भएपनि प्रभावकारी कार्यान्वयन हुन भने सकिरहेको थिएन ।
अधिकार प्राप्त अधिकारीको आदेश बिना कसैले मुद्राका रुपमा ग्राह्य भएको बैंक नोट वा सिक्कालाई जलाउन वा त्यसलाई काम नलाग्ने गरी गाल्न वा च्यात्न नहुने र यसो गरेमा सजायकाे हुने उल्लेख गरिएको छ ।
राष्ट्र बैंकले यसअघि सफा नोटनीति ल्याएर बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै बैंक नोटमा स्टिच लगाउन रोक लगाएको थियो ।