हाम्रो विकास बैंक नेपाल क्लियरिङ्ग हाउसको इ पेमेन्ट प्रणालीमा आवद्ध

Aug 09, 2018 Merolagani

हाम्रो विकास बैंक (HAMRO) बुधबारदेखि नेपाल क्लियरिङ्ग हाउसको इ पेमेन्ट प्रणालीमा आवद्ध भएको छ । नेपाल क्लियरिङ्ग हाउसले बैंक वित्तीय संस्थाहरुलाई आफ्नो कनेक्ट आईपीस इ पेमेन्ट प्रणालीमा हाम्रो विकास बैंकलाई पनि आवद्ध गराएको हो ।

नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले www.connectips.com मा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिङ्क गराई यसमा उपलब्ध हुने सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबार गर्न सक्ने व्यवस्था रहेको क्लियरिङ्ग हाउसले जनाएको छ ।

सबै कारोबारहरु अनलाईन मार्पmत सिधै बैंक खाताबाट हुने हुँदा कारोबार सहज हुने यस प्रणाली मार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेको छ । छिटै अन्य सेवाहरु समेत थप गर्न सकिने गरि काम भैरहेको क्लियरिङ्ग हाउसले बताएको छ ।

क्लियरिङ्ग हाउसको कनेक्कट आईपीस इ पेमेन्ट प्रणालीमा हाल सम्म ३२ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी हाल २० वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध गराइरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।