योसँगै प्रणालीमा आबद्ध हुने विकास बैंकको संख्या ९ पुगेको छ भने २२ बैंक तथा वित्तीय संस्था यो प्रणालीमा आबद्ध भएका छन् ।
नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले कनेक्टआईपिएस डटकम लगइन गरेर आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराउनु पर्ने हुन्छ । त्यस पश्चात वेबमा उपलब्ध हुने सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबार गर्न सक्ने क्लियरिंग हाउसले जनाएको छ ।
यस्ता सबै कारोबारहरु अनलाईन मार्पmत सिधै बैंक खाताबाट हुने हुदाँ कारोबार सहज र सुरक्षित हुने क्लियरिङ्ग हाउसले बतायो । हाल उक्त प्रणाली मार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था छ र छिटै अन्य सेवाहरु समेत थप गर्न काम भैरहेको क्लियरिङ्ग हाउसले जनाएको छ ।
यो प्रणालीमा आबद्ध हुनका लागि ३२ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेका छन् । जसमध्ये २२ वटामा सेवा सुचारु भैसकेको हो ।