पौने चार रुपैयाँ प्रतिसेयर आम्दानी रहेको कम्पनीको सेयर २१६ गुणा महङ्गो

Aug 09, 2018 Merolagani

सर्पोट माइक्रोफाइनान्स (SMB) को खुद नाफा ५० प्रतिशत भन्दा बढिले घटेको छ । अघिल्लो आर्थिक वर्षको चौंथाे त्रैमासमा ४८ लाख ३ हजार खुद नाफा गरेको माइक्रोफाइनान्सले गत आर्थिक वर्षको चौंथाे त्रैमासमा जम्मा २२ लाख ६७ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा माइक्रोफाइनान्स १९ लाख ९५ हजार रुपैयाँ नोक्सानीको अवस्थामा थियो ।

चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको माइक्रोफाइनान्सले जगेडा कोषमा ९ लाख २७ हजार रुपैयाँ संचित छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा माइक्रोफाइनान्सको जगेडा कोषमा ३१ लाख १९ हजार रुपैयाँ सञ्चित थियो ।

माइक्रोफाइनान्सको निष्कृय कर्जा अनुपात १.७९ प्रतिशत छ । प्रतिशेयर आम्दानी ३.७८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ २८ पैसा रहेको माइक्रोफाइनान्सको मुल्य आम्दानी अनुपात  भने २१६.१४ गुणा रहको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।