बैंकरहरुलाई चेतावनी दिदै गभर्नरले भने, 'पुलिसले जस्तो डण्डा चलाउन नपरोस् '

Aug 09, 2018 Merolagani

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले बैंकर्स र व्यवसायीहरुले दोहोरो चरित्र देखाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा गभर्नर नेपालले बैंकर्स तथा व्यवसायीलाई आफू अनुकुल दोहोरो कुरा नगर्न चेतावनी समेत दिए ।

वित्तीय बजारमा तरलता कम हुँदा वा अधिक हुँदा बैंकर्सहरु अर्थमन्त्रीकोमा पुगेर राष्ट्र बैंकको आलोचना गर्ने गरेको आरोप लगाउँदै गभर्नर नेपालले मुलुकको तरलता व्यवस्थापन बैंकहरु जिम्मेवार बन्न नसकेको बताए ।

बजारमा लगानी योग्य रकम सहज भएको बेला व्यवसायीहरुले पैसा नलैजाने र पछि गुनासो गर्ने गरेको उल्लेख गर्दै उनले बैकर्सहरुले पनि विगतमा पैसा बढी हुँदा अर्थमन्त्रालयसँग गुहार माग्ने गरेको र पैसा अभाव हुँदा चाही गुनासो मात्र गर्ने गरेको बताए ।

त्यस्तै गभर्नर नेपालले बैंकर्सहरुलाई संस्थागत निक्षेपमा लुछाचुडी नगर्न पनि सुझाव दिए । ‘मुलुककै अब्बल दर्जाको व्यक्तिहरु काम गर्ने बैंकिङ क्षेत्रमा राष्ट्र बैंकले पुलिसले जस्तो डण्डा चलाउन नपरोस् ’ उनले भने ।

गभर्नर नेपालले भने, ‘बैंकिङ क्षेत्रमा दक्ष जनशक्ति रहेको र अब्बल साख स्थापित भएकाले पुलिसले जस्तो लौरो लिएर कठोर कदम चाल्नु नपरोस्, चोर, फटाहलाई पो लौरो उठाउने हो।’

साथै उनले कर्जाको व्याजदर घट्दो क्रममा रहेकाले यही समयमा ऋण लिन व्यवसायीलाई सुझाव दिए। गर्भनर नेपालले वित्तीय क्षेत्रको पैसा गलत क्षेत्रमा नजाओस् भन्ने उद्देश्यले व्यक्तिगत ओभर ड्राफट् घटाइएको भएपनि व्यवसायीक ओभर ड्राफ्टमा कमि नआएको स्पष्ट पारे।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।