हाइड्रोले एक सय रुपैयाँ अंकित दरका कुल ३ करोड रुपैयाँ बराबरको तीन लाख कित्ता आर्इपिओ निष्काशन गर्ने जनाएको छ ।
कम्पनीको पहिलो साधारण सभाले आयोजना प्रभावित र सर्वसाधारणलाई गरि ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता आर्इपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले सुरुमा आयोजना प्रभावित क्षेत्र बाग्लुङ्गका बासिन्दाहरुका लागि १० प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर निष्काशन गर्नेछ । त्यस पश्चात २० प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले बाग्लुङ्गमा २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माण गरेको छ । जसले ०७३ असारदेखि उत्पादन समेत थालिसकेको छ । आयोजनाको बिजुली उत्पादन गर्ने क्षमता वार्षिक १३.४८ गिगावाट रहेको बताइएको छ ।