स्वदेशी लघुवित्तका शेयरधनीले थप शतप्रतिशत पूँजी जुटाउनुपर्ने

Aug 10, 2018 Merolagani

स्वदेशी लघुवित्त (SDESI) का सेयरधनीलाई शतप्रतिशत हकप्रदको बोझ थपिने भएको छ । लघुवित्तले शतप्रतिशत हकप्रद जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत चैत ४ गते निवेदन मागेकाेमा बाेर्डले साउन २४ गत बिहीबार अनुमति प्रदान गरेको छ ।

बोर्डले लघुवित्तलाई एक बराबर एक अनुपातमा ११ करोड ५० लाख रुपैयाँको ११ लाख ५० हजार कित्ता हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । चालू आर्थिक बर्षमा हकप्रद स्वीकृती पाउने स्वदेशी लघुवित्त पहिलो कम्पनी बनेको छ । 

हकप्रद जारी गर्न लघुवित्तले यसअघि नै एनआईसी एशिया क्यापिटलसँग हकप्रद निष्काशन सम्बन्धी सम्झौता गरिसकेको छ । अब कम्पनीले हकप्रद जारी गर्न सेयरधनी किताब बन्द गर्ने मिति निर्धारण गर्नेछ । हकप्रद भर्न नचाहनेले भने बुकक्लाेज अघि नै सेयर बिक्री गरेर हकप्रदकाे बाेझबाट उन्मुक्त्ति पाउन सक्नेछन् ।

लघुवित्तको हाल कायम चुक्ता पूँजी ११ करोड ५० लाख रहेको छ । शतप्रतिशत हकप्रद पश्चात स्वदेशीको चुक्त्ता पूँजी २३ करोड रुपैयाँ पुग्नेछ ।

गत अार्थिक वर्षमा स्वदेशीले ३ कराेड ७७ लाख खुद नाफा अार्जन गरेर प्रतिसेयर अाम्दानी ३२ रूपैयाँ ८ पैसा कायम गरेकाे छ । कम्पनीकाे सेयरमूल्य बिहीबार प्रतिकित्ता एक हजार ५६१ रूपैयाँमा काराेबार भएकाे छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।