प्रभु ग्रुपको प्रभु पे नेपालमा, यस्ता छन् सुविधा

Aug 10, 2018 Merolagani

प्रभु ग्रुपले 'वालेट अब मोबाइलमा' भन्ने नारा सहित प्रभु पे नामक डिजिटल वालेट को सुरुवात गरेको छ । यसबाट ग्राहकले कुनैपनि बैंक अथवा वित्तीय संस्थाको खाता बाट पैसा ट्रान्सफर गर्न, बिजुली, पानी लगायत अरु बिल भुक्तानी, किनमेलमा पैसा तिर्न,मोबाइल र प्रभु टिभी रिचार्ज गर्न, र एनसिएसएल डिपोजिट गर्न समेत सकिने जनाइएको छ ।

यो डिजिटल वालेट आफ्नो मोबाइलमा डाउनलोड गरेपछि अनलार्इन मात्र नभई युनियन पे र क्यूआर (QR) कोर्ड मार्फत स्क्यान मार्फत पनि पैसा तिर्न सकिने जनाइएको छ ।

यसैगरी प्रभु पे ले नियमित ग्राहकलाई दशलाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुबिधा र अरुलाई रिफर गरे बापत प्रत्येक रिफरमा ३० बराबरको ब्यालेन्स प्रदान गर्ने बताइएको छ । प्रभु पे को आफ्नै अलगै च्याट सिस्टमको सुबिधा रहेको जनाइएको छ ।

प्रभु ग्रुप अन्तर्गत बैंक, इन्स्योरेन्स, मनि ट्रान्सफर, हेलिकप्टर, प्रभु टिभी, सूचना प्रबिधि र ब्यबस्थापन सम्बन्धि विभिन्न कम्पनीहरु आवद्ध रहेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।