के एल मोबाइल मेलामा एउटा मोबाइल किन्दा अर्को सित्तैमा

Aug 10, 2018 Merolagani

काठमाण्डौको चाबहिल स्थित केएल मोबाइल हबमा जारी मोबाइल मेलामा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने भएको छ । चाबहिलको के एल टावरमा रहेको के एल मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसरमा मेला आयोजना गर्दै अफर माथि अफरमा सेवाग्राहीलाई लक्षित गर्दै मोबाइल मेला सञ्चालन गरिरहेको छ ।

एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाइने योजना मेलाको आकर्षण बनेको छ । जेडटिई ब्राण्डका एल फाइभ प्लस तथा ब्लेड एस सेभेन र लेनेभोको के फोर नोट मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा उपलब्ध हुने मोबाइल हबका निर्देशक संगम राईले बताए ।

त्यसै गरी मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको छ । मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरका अनुसार लेनोभोको के फाइभ नोट ५० प्रतिशत छुटमा किन्न सकिन्छ । एमआई फाइभ एसमा ४० प्रतिशत छुटका साथै एक्सचेञ्ज अफर पनि उपलब्ध छ । एमआई फोरमा ३५ प्रतिशत छुटका साथै एक्सचेञ्ज अफर लागू हुने ग्लाइडरले जानकारी दिए ।

यसै गरी मोबाइल मेलामा जुनसुकै ब्राण्डका जुनसुकै मोबाइल शुन्य प्रतिशत डाउन पेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने छ । ग्राहकले मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सक्ने छन् । केही ब्राण्डका मोबाइलहरु शुन्य प्रतिशत डाउन पेमेण्टमा समेत किन्न सकिने मेलामा १० देखि ५० प्रतिशतसम्मको डाउन पेमेण्टमा मोबाइल किन्न सकिन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।