ओरियन्टल होटल्सको नाफा २१ प्रतिशत बढ्यो, आम्दानी एक अर्ब १७ करोड

Aug 13, 2018 Merolagani

ओरियन्टल होटल्स लिमिटेड (OHL) को खुद नाफा गत आर्थिक वर्ष ०७४।०७५ मा २१.२० प्रतिशत बढेको छ । गत वर्ष होटल्सले २९ करोड २ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा २३ करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो ।

होटलले यसअवधिमा एक अर्ब १७ करोडको व्यापार गरेको छ । गतबर्ष होटलको यस्तो आम्दानी एक अर्ब १० करोड थियो । पर्यटन क्षेत्रमा सुधार आउन थालेपछि आम्दानीमा वृद्धि भएको होटल्सले जनाएको छ ।

आम्दानी वृद्धि भएसँगै नाफा पनि बढेको हो । होटलको खर्च समेत बढेर ७० करोड नाघेको छ । कम्पनीको अन्य आम्दानी सामान्य बढेको छ भने कर्मचारी खर्च पनि बढेको छ । कम्पनीको सापट तथा कर्जा पनि बढेको छ ।

अघिल्लो बर्षको तुलनामा होटलको आम्दानी ९.११ प्रतिशतले बढेको छ । जसमा कोठाको आम्दानी ६.३८ प्रतिशतले बढेको छ भने खाद्य ताथ पेय पदार्थ बिक्री बापतको आय ५.८५ प्रतिशतले वृद्धि भएको होटलले जनाएको छ ।

होटलको चुक्ता पुँजी ९३ करोड ४२ लाख रुपैयाँ छ । यस्तै संचित कोषको आकार बढेर १ अर्ब ११ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

होटलको नाफा बढेपछि प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ७ पैसा पुगेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ३० रुपैयाँ २५ पैसा थियो । प्रतिसेयर नेटवर्थ २१९.७९ रुपैयाँ छ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।