युनाइटेड इन्स्योरेन्सले अघि सार्यो मर्जरबाट पूँजी पुर्याउने योजना

Aug 13, 2018 Merolagani

- विदेशी रणनितिक साझेदार भित्र्याउने
समय समयमा विभिन्न कारणले चर्चामा आउने गरेको युनाइटेड इन्स्योरेन्स (UIC) ले बीमा समितिले तोकेको पूँजी पुर्याउन मर्जरको बाटो खुल्ला गरेको छ । यस अघि २ सय ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव बीमा समितिमा पुर्याएको इन्स्योरेन्सले उचित सहयात्रीसँग सहकार्य गर्ने प्रस्ताव अघि सारेको हो । उसको हकप्रद पनि निरन्तर प्रकृयामा रहने बताइएको छ ।

मेरोलगानीसँग कुरा गर्दै युनाईटेड इन्स्योरेन्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले इन्स्योरेन्सले चुक्ता पूँजी १ अर्ब पुर्याउन मर्जरलाई पनि विकल्प बनाइएको बताएका हुन् ।

सञ्चालक समितिले यस सम्बन्धमा निर्णय गरिसके पनि अहिलेसम्म मर्जरका लागि उचित सहयात्री नभेटिएको उनको भनाई छ ।

इन्स्योरेन्सले प्रस्तावित २ सय ४० प्रतिशत हकप्रद सेयर निष्काशनलाई पनि प्राथमिकताका साथ अघि बढाउने भट्टराईले जानकारी दिए । अहिले इन्स्योरेन्सको चुक्ता पूँजी ३० करोड २४ लाख छ ।

बीमा समितिले असार मसान्तसम्ममा उक्त पूँजीलाई १ अर्ब कायम गर्न निर्देशन दिएको थियो । तर इन्स्योरेन्स अग्नि काण्डमा फसेपछि बीमा समितिका अध्यक्ष डा. चिरञ्जिवी चापागाईले युनाइटेडको हकप्रदलाई तत्काल प्रकृयामा नलैजाने निर्णय गरेका थिए ।

हकप्रद अलमलमा परे पछि बीमा समिति आफैंले दिएको म्यादमा युनाइटेडले पूँजी पुर्याउन नसक्ने व्यहोरा अवगत गराउँदै ३ महिनाको थप समय माग गरेको थियो । समितिले असोज मसान्तसम्ममा चुक्ता पूँजी अर्ब पुर्याउन स्वीकृति दिएको छ । त्यसमा साउन महिना बितिसकेको छ ।

अहिलेसम्म ४ निर्जीवन बीमा कम्पनीले मात्र चुक्ता पूँजी १ अर्ब पुर्याएका छन् । अहिलेको अवस्था हेर्दा फेरी बीमा कम्पनीले पुस मसान्तसम्मको समय माग गर्न सक्ने देखिन्छ ।

युनाइटेडले भने हकप्रद निष्काशनको प्रकृयालाई पनि सँगै अघि बढाउने भएको छ । तर हकप्रदमा बीमा समिति सकरात्मक नबनेको अवस्थामा मर्जर पनि उचित विकल्प हुन सक्छ । तर अहिले नै मर्जरका लागि कुनै पनि बीमा कम्पनी अघि सर्ने सम्भावना देखिँदैन । बीमा समितिले युनाइटेडको २ सय ४० प्रतिशत हकप्रदलाई ग्रीन सिग्नल दिएको खण्डमा भने चुक्ता पूँजी १ अर्ब २ करोड ८१ लख रुपैयाँ पुग्नेछ ।

युनाईटेडले विदेशी रणनितिक साझेदारलाई कम्पनीमा प्रवेश गराउने योजना पनि अघि सारेको छ । कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत भट्टराईका अनुसार १५ प्रतिशत स्वामित्व दिने गरि विदेशी राणनितिक साझेदार भित्र्याउने योजना युनाटेडले बनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।