गत आर्थिक वर्षमा अरुण भ्यलीको खुद नाफा ५७.८० प्रतिशतले घटेको वित्तीय विबरणमा उल्लेख छ । गत आर्थिक वर्षमा अरुण भ्यालीले तीन करोड ९४ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा अरुण भ्यालीले नौ करोड ३४ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
अरुण काबेलीले भने समीक्षा अवधिमा नोक्सानको आकारलाई घटाएको छ । अघिल्लो आर्थिक वर्षमा २८ लाख ४४ हजार रुपैंया खुद नोक्सान व्यहोरेको अरुण काबेलीले गत आर्थिक वर्षमा १६ लाख १५ हजार रुपैंया खुद नोक्सान व्यहोरेको छ ।
अरुण भ्यालीले गत आर्थिक वर्षमा विद्युत बिक्रीबाट ५ करोड २० लाख रुपैंया आम्दानी गरेको छ । अघिल्लो बर्ष उसले विद्युत बिक्रीबाट ५ करोड १६ लाख रुपैंया आम्दानी गरेको थियो ।
अरुण काबेलीले भने विद्युत बिक्री गर्न सकिरहेको छैन । प्रशारण लाइन निर्माणको प्रकृया चलेकाले विद्युत बिक्री गर्न नसके पछि कम्पनी नोक्सानको अवस्थामा रहेको हो ।
अरुण भ्यालीको अन्य आम्दानीमा आएको फराकिलो गिरावटले खुद नाफा प्रभावित बनेको हो । गत आर्थिक वर्षमा ७ करोड ८६ लाख रुपैंया बराबरको अन्य आम्दानी गरेको हाइड्रोले गत आर्थिक वर्षमा जम्मा १ करोड ९२ लाख रुपैंया मात्र अन्य आम्दानी गरेको छ ।
अरुण काबेलीले अघिल्लो आर्थिक वर्षमा ९९ लाख ७७ हजार रुपैंया आम्दानी गरेकोमा गत आर्थिक वर्षमा १३ लाख ६६ हजार रुपैंया अन्य आम्दानी गरेको छ ।
अरुण भ्यालीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९४ पैसा रहेको छ भने मुल्य आम्दानी अनुपात ३८.८६ गुणा बढी रहेको छ । अरुण भ्यालीको प्रति सेयर नेटबर्थ १ सय ४ रुपैंया छ ।
अरुण भ्यालीको चुक्ता पूँजी ९३ करोड ३० लाख रुपैंया छ भने अरुण काबेलीको एक अर्ब ५० करोड रुपैंया छ । अरुण भ्यालीको जगेडा कोषमा ३ करोड ९४ लाख रुपैंया सञ्चित छ भने अरुण कोबलीको जगेडा कोष १ करोड ५३ लाख रुपैंयाले ऋणात्मक छ ।