फाइनान्स सञ्चालक समितिको साउन २८ गते सम्पन्न ४५४ औं बैठकले गत बर्षको मुनाफा तथा जगेडाबाट सो लाभांश प्रस्ताव गरेको हो ।
फाइनान्सले बोनस वापत ४ करोड ८ लाख २२ हजार ५०६ रुपैयाँ तथा नगद लाभांश वापत ७ करोड ९ लाख ५२८ रुपैयाँ प्रस्ताव गरेको छ । सो लाभांश राष्ट्र बैंकबाट स्वीकृती पश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।