समताको ५० प्रतिशत र मिर्मिरे माइक्रोको शतप्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

Aug 14, 2018 Merolagani

आज मंगलबार साउन २९ गते समता माइक्रोफाइनान्स र मिर्मिरे लघुवित्तको हकप्रदमा आबेदन दिने अन्तिम दिन हो । समता माइक्रोफाइनान्सको ५० प्रतिशत र मिर्मिरे लघुवित्तले शतप्रतिशत हकप्रदको शेयरको बिक्री गत असार २७ गते देखि खुल्ला गरेका थिए ।

समता माइक्रोफाइनान्स

समता माइक्रोफाइनान्सले गत असार २७ देखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा एक लाख ८९ हजार ६०० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

समताको हकप्रद सेयरको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

कम्पनीको हकप्रदमा जेठ ११ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन गर्न पाउनेछन् ।

शेयरधनीले हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सक्नेछन् । त्यसका अलवा सेयरधनीले विक्री प्रबन्धकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय र लघुवित्तको केन्द्रीय कार्यालय सिमरा बाराबाट पनि हकप्रदमा भर्न सक्नेछन् ।

लघुवित्तको चुक्ता पूँजी तीन करोड ७९ लाख २० हजार रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी पाँच करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।

मिर्मिरे लघुवित्त

मिर्मिरे लघुवित्तको शतप्रतिशत हकप्रदमा आबेदन दिने पनि आज मंगलबार अन्तिम दिन हो । असार २७ गते निष्काशन गरेको चार करोड ५० लाख रुपैयाँ बराबरको चार लाख ५० हजार कित्ता हकप्रद सेयरमा आज कार्यालय समय भित्र आबेदन दिन सकिनेछ ।

हकप्रदको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । हकप्रदमा जेठ १७ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन् । धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट हकप्रदमा आवेदन गर्न सकिनेछ ।

त्यसका अलवा सेयरधनीले विक्री प्रबन्धकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय र लघुवित्तको केन्द्रीय कार्यालय बनेपा काभ्रे तथा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु विराटनगर, बीरगञ्ज, नारायणगढ, नेपालगञ्ज, बुटबल र धनगढी र शाखा कार्यालयबाट समेत हकप्रदमा आवेदन गर्न सकिनेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।