लक्ष्मी लघुवित्तको सिन्धुली, धनुषा र महोत्तरी जिल्लाबाट कारोबार थालनी

Aug 14, 2018 Merolagani

लक्ष्मी लघुवित्त वित्तीय संस्था (LLBS) ले एकैदिन सिन्धुली, धनुषा, र महोत्तरी जिल्लाबाट कारोबार सुरुवात गरेको छ । कम्पनीले सिन्धुली जिल्लाको भिमान, धनुषा जिल्लाको क्षीरेश्वर, महोत्तरी जिल्लाको गौशालामा शाखा कार्यालयहरु विस्तार गरेको हो ।

वित्तीय संस्थाका सञ्चालक समितिका सदस्यहरु मनोहर राज उप्रेती र भोलाराम श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले प्रथम कर्जा वितरण गरी कारोबारको शुभारम्भ गरेका थिए । 

लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित यो संस्था नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त राष्ट्रिय स्तरको लघुवित्तको काठमान्डौंको महाराजगञ्जमा केन्द्रीय कार्यालय रहेको छ ।

यस संस्थाको अधिकृत पूँजी ४० करोड र चुक्ता पूँजी २४ करोड २० लाख रुपैयाँ रहेको छ । संस्थाले विपन्न वर्गका परिवारको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्धेश्य लिएको छ ।

यस वित्तीय संस्थाले आषाढ मसान्त २०७५ सम्ममा ४७ वटा जिल्लामा शाखा सञ्जाल विस्तार गरि ग्रामीण, पिछडिएको, बैकिङ्ग पहुँचबाट टाढा रहेका ग्राहक वर्गहरुलाई लक्षित गर्दै ८६ हजार ग्राहक वर्गलाई लघुवित्त कार्यक्रममा समेटेको छ ।

संस्थाले आफ्नो सदस्यहरुबाट ९७ करोड निक्षेप संकलन गरेको छ भने २ अर्ब ७१ करोड लगानीमा रहिरहेको कर्जा रहेको छ । संस्थाले बचत र कर्जा बाहेक लघुवीमा, विप्रेषण र शाखा रहित बैंकिङ्ग कारोबार समेत सञ्चालन गर्दै आइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।