प्रभु इन्स्योरेन्सको यस्तो रह्यो गत आर्थिक वर्षको व्यवसायिक आँकडा

Aug 15, 2018 Merolagani

निर्जीवन वीमा कम्पनी प्रभु इन्स्योरेन्स (PRIN) ले बजार विस्तारलाई तिब्र बनाउँदै लैजाँदा राम्रो प्रगति गरेको वित्तीय विबरण निकालेको छ । पूँजीसँगै व्यवसाय विस्तारमा आक्रमक बन्दा प्रभुले कमाई फराकिलो अन्तरले बढाएको छ । 

गत आर्थिक वर्षमा प्रभु इन्स्योरेन्सले २२ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा उसले १६ करोड ४७ लाख रुपैयाँ रहेको थियो । 

४३ करोड रुपैयाँको खुद बीमा शुल्कम आर्जन गरेको इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट झण्डै १४ करोड रुपैयाँ आम्दानी गरेको छ । १२ करोड रुपैयाँको दाबी भुक्तानी गरेको इन्स्योरेन्सले अभिकर्तालाई २ करोड रुपैयाँ कमिशन वितरण गरेको छ ।

चुक्ता पूँजी ५७ करोड ७५ लाख रुपैयाँबाट बढाएर ६८ करोड ८४ लाख रुपैयाँ पुर्याएको इन्स्योरेन्सले बीमा कोषको आकार २० करोड रुपैयाँले बढाएको छ । अघिल्लो आर्थिक वर्षमा १४ करोड मात्रै रहेको बीमा कोष गत असार मसान्तसम्ममा ३४ करोड पुगेको छ । कम्पनीको जगेडा कोषमा २१ करोड रुपैयाँ सञ्चित छ ।

प्रभु इन्स्योरेन्सको प्रति शेयर आम्दानी ३२ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात ३५ गुणा बढी छ भने प्रति शेयर नेटवर्थ २१४ रुपैयाँ छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।