शिखर इन्स्योरेन्स अझै चढ्दैछ शिखर, वित्तीय सूचकहरु यस्ता

Aug 15, 2018 Merolagani

गत आर्थिक वर्षको चौथाे त्रैमासमा शिखर इन्स्योरेन्स (SICL) को खुद नाफा ४३ करोड १६ लाख पुगेको छ । अघिल्लो बर्षको चौथौं त्रैमासमा ३६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले ७ करोड १६ लाख रुपैयाँले खुद नाफा बढाएको हो । 

यस अवधिमा एक अर्ब ७७ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको कम्पनीले ३६ करोड रुपैयाँले व्यवसाय बढाएको छ ।

अघिल्लो आर्थिक वर्षमा उसले १ अर्ब ४१ करोड रुपैयाँको खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा पुनर्बीमा कमिशन बाट हुने आम्दानीलाई २७ करोड ९७ लाख रुपैयाँबाट ३५ करोड ३४ लाख रुपैयाँ पुर्याएको शिखरले लगानी कर्जा तथा अन्य आम्दानीको आकार ७ करोड ७४ लाख रुपैयाँबाट दोब्बरले बढाएर १४ करोड १४ लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीले ३ अर्ब ३७ करोड ८१ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष तुलनामा यो २२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष कुल बीमा शुल्क आर्जन दुई अर्ब ७६ करोड ६२ लाख रुपैयाँ थियो ।

एक अर्ब ५ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २४ करोड २७ लाख रुपैयाँमा सञ्चित छ । इन्स्योरेन्सको जगेडा कोषको आकार भने २ करोड रुपैयाँले घटेको छ । आघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्यनोरेन्सको जगेडा कोषमा २६ करोड ६६ लाख रुपैयाँ थियो । कम्पनीको महा विपत्ति कोषमा ५ करोड २९ लाख, बीमा कोषमा ८५ करोड ११ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले ९ हजार १५२ दाबी वापत एक अर्ब ३४ करोड १७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । तीन हजार ८७ दाबीको लागि ८८ करोड ९२ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ । यस अवधिमा कम्पनीले दुई लाख ९३ हजार ८७५ वटा बीमालेखहरु जारी गरेको छन् ।

प्रतिशेयर आम्दानी ४० रुपैयाँ ८२ पैसा, प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ४६ पैसा रहेको इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २५.१३ गुणा बढी छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।