प्रतिसेयर आम्दानी ६० प्रतिशतले तल झार्ने कम्पनीलाई लगानीकर्ताले कसरी लिने ?

Aug 15, 2018 Merolagani

हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले प्रतिसेयर आम्दानीमा ६० प्रतिशतले गिरावट आएको वित्तीय विवरण सार्वजनिक गर्दै आफ्ना लगानीकर्तालाई निराश बनाएको छ । भारी मात्रमा हकप्रद जारी गरेर पूँजी बढाएको इन्स्योरेन्सले कमाई भने जहाँको त्यही बनाएपछि लगानीकर्ता आशावादी बन्न नसक्ने अवस्था देखिएको हो ।

गत आर्थिक वर्षको चौंथाे त्रैमास सम्ममा इन्स्योरेन्सले १४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी उसले पूँजी बढाउनु पहिलेको अवस्थामा अघिल्लो आर्थिक वर्षमा १२ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

अघिल्लो आर्थिक वर्षमा ३८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी हुँदा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ २७ पैसा थियो ।

गत आर्थिक वर्षमा १ अर्ब २ करोड २७ लाख रुपैयाँ चुक्ता पूँजी बनाउँदा कमाई नबढेपछि इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७० पैसामा झरेको हो । इन्स्योरेन्सको प्रतिसेयर आम्दानीमा आएको यो गिरावट ६० प्रतिशत हो ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क पाँच करोड चार लाख रुपैयाँले बढेर ३२ करोड ९२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २७ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

४१ हजार ४०६ वटा बीमालेख जारी गरेको कम्पनीको कुल बीमा शुल्क आर्जन १२ करोडले घटेको छ । एक अर्ब १९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको कम्पनीले अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले पुर्नबीमा कमिशनवाट १० करोड ३ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयवाट १० करोड ३४ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ ।

कम्पनीले चार हजार ७६० वटा बीमा दाबी वापत ३ अर्ब ४९ लाख ७० हजार रुपैयाँ भुक्तानी गरेको छ । अघिल्लो आर्थिक बर्षमा कम्पनीले पाँच हजार १०३ वटा बीमा दाबी वापत १ अर्ब ७० करोड ६९ लाख रुपैयाँ खर्च गरेको थियो ।

कम्पनीले एक हजार २७१ दाबीको एक अर्ब ५३ करोड ११ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यस अवधिमा १६ हजार ९७९ बीमालेखहरु नवीकरण गरिएका छन् ।

प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ९७ पैसा, र मुल्य आम्दानी अनुपात ३२.८६ गुणा बढी रहेको इन्स्योरेन्सको जगेडा कोषको आकार समीक्षा अवधिमा ७ करोड ७२ लाखबाट बढेर १६ करोड ३३ लाख रुपैयाँ पुगेको छ । बीमा कोषमा ४० करोड रुपैयाँ सञ्चित छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।