जनउत्थान सामुदायिक लघुवित्तको खुद नाफा २२ लाख घट्यो

Aug 16, 2018 Merolagani

जनउत्थान सामुदायिक लघुवित्त (JSLBB)को आर्थिक बर्ष २०७४/७५ मा खुद नाफा २२ लाख २८ हजार अर्थात १४.५७ प्रतिशतले खुद नाफा ह्रास आएको छ । अघिल्लो बर्ष एक करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तको नाफा एक करोड ३० लाखमा खुम्चिएको हो ।

लघुवित्तको पूँजी भन्दा जगेडा अब्बल देखिएको छ । तीन करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तको जगेडा कोषमा चार करोड १७ लाख रुपैयाँ सञ्चित छ । 

समिक्षा अवधिमा लघुवित्तले ९३ करोड ६४ लाख रुपैयाँ कर्जा परिचालन गरेर पाँच करोड ६१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ , जुन अघिल्लो बर्षको यसै अवधिको तुलनामा ७५ लाख बढी हो ।

खुद नाफा बढेपनि ब्याज खर्चमा वृद्धि र कर्मचारी खर्चमा बढोत्तरी हुँदा लघुवित्तको खुद नाफामा गिरावट आएको हो ।

लघुवित्तको प्रति सेयर आम्दानी ४५ रुपैयाँ ३४ पैसा, प्रति सेयर नेटवर्थ २४५ रुपैयाँ, निष्कृय कर्जा अनुपात बढेर १.६५ प्रतिशतमा पुगेको भने मुल्य आम्दानी अनुपात ५३.८१ गुणा रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।