हाल कम्पनीको ९ करोड ६० लाख ५० हजार चुक्ता पूँजी छ । उसले एक करोड ४४ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।
साथै बोनसमा लाग्ने कर प्रयोजनार्थ ७ लाख ५८ हजार २८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गरिने पनि कम्पनीले जनाएको छ । लघुवित्तले प्रस्ताव गरेको बोनस राष्ट्र बैंकबाट स्वीकृती भएर लघुवित्तको आगामी साधारण सभाले पारित गरेपश्चात मात्र सेयरधनीलार्इ वितरण हुनेछ ।
बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी ११ करोड ४ लाख ५७ हजार पुग्नेछ । अघिल्लो बर्ष कम्पनीले ५० प्रतिशत हकप्रद बिक्री गरेर २० प्रतिशत बोनस बाँडेको थियो ।
गत असार मसान्तसम्ममा एक करोड ५८ लाख रुपैयाँ मात्र नाफा कमाएको कम्पनीको इपिएस १६ रुपैयाँ ५३ पैसा छ ।