एक सय रुपैयाँ लगानी गरेर ५९१ रुपैयाँ कमाउने कम्पनी कुन होला ?

Aug 16, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्चमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै गर्दा २ कम्पनीहरुले उच्च दरको प्रतिसेयर आम्दानी भएको विवरण पस्किएका छन् । उत्पादन समुहका दुवै कम्पनीले अर्बाैं रुपैयाँको एउटै ब्राण्डका उत्पादन नेपाली बजारमा बिक्री बितरण गर्दै आएका छन् ।

विश्वको चर्चित ब्राण्ड कोकाकोलाको नेपालस्थित उत्पादकहरु बेटलर्स नेपाल बालाजु (BNL) र बोटलर्स नेपाल तराईले गत आर्थिक वर्षमा फराकिलो अन्तरले कमाई बढाएको विवरण सार्वजनिक गरेका छन् ।

बोटलर्स नेपाल बालाजुले मात्र अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.५५ प्रतिशतले खुद नाफा बढाएर १ अर्ब ९० लाख १९ हजार रुपैंया पुर्याएको छ । अघिल्ले आर्थिक वर्षमा बालाजुले ७० करोड २८ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बालाजुको चुक्ता पूँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ मात्र छ ।

उता बोटलर्स नेपाल तराई (BNT) ले पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ४८.२३ प्रतिशतले खुद नाफाको आकार बढाएर ७१ करोड ५४ लाख २५ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा तराईले ४८ करोड २६ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बोटलर्स नेपाल तराईको चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ मात्र छ ।

उल्लेखित दुवै संस्थाले नेपालमा कोकाकोला तथा अन्य पेय पदार्थ उत्पादन तथा बिक्री बितरण गर्दै आएका छन् । बोटलर्स नेपाल बालाजुले गत आर्थिक वर्षमा ९ अर्ब ८ करोड तथा तराईले ५ अर्ब ६५ करोड रुपैयाँको कोकाकोला बिक्री गरेका छन् ।

दुई कम्पनीको गरी पौने १५ अर्ब रुपैयाँको कोकाकोला तथा अन्य उत्पादन नेपाली बजारले खपत गरेको देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा दुवै कम्पनीले आफ्ना उत्पादनको बिक्रीबाट हुने आम्दानीको आकार बढाएका छन् ।

दुवै कम्पनीले उल्लेखित रकमको कोकाकोला तयार उत्पादन गरी बजारसम्म पुर्याउँदा झण्डै ६० प्रतिशत मात्र लागत परेको देखाएका छन् । अर्थात बोटलर्स नेपाल बालाजुले ५ अर्ब ९० करोड रुपैंयाको लगानी गरी ९ अर्ब ८ करोड ३४ लाख रुपैयाँको कोकाकोला बेचेको छ । त्यसैगरी बोटलर्स तराइले ३ अर्ब ६० करोड रुपैयाँ लगानीमा उत्पादन गरेको कोकाकोला ५ अर्ब ६५ करोड ८४ लाख रुपैयाँमा बिक्री गरेको छ ।

चुक्ता पूँजी १९ करोड ४८ लाख ९ हजार रुपैयाँ रहेको बोटलर्स बालाजुको प्रतिसेयर आम्दानी ४ सय ८४ रुपैयाँ छ ।

जगेडा कोषमा तीन अर्ब २ करोड ९४ लाख रुपैयाँ सञ्चित रहेको बोटलर्स बालाजुको मूल्य आम्दानी अनुपात ३ गूणा मात्र बढी छ भने प्रति सेयर नेटवर्थ १ हजार ७ सय ४७ रुपैयाँ छ ।

उता चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको बोटलर्स तराईको प्रतिसेयर आम्दानी ५९१ रुपैयाँ छ । जगेडा कोषमा १ अर्ब ८४ करोड १ लाख रुपैयाँ सञ्चित रहेको बोटलर्स तराईको मूल्य आम्दानी अनुपात १२ गूणा बढी छ भने प्रतिसेयर नेटवर्थ १ हजार ६ सय २१ रुपैयाँ छ ।

दुवै बहुराष्ट्रिय कम्पनीले लगानीकर्तालाई बोनस नभई नगद लाभांश मात्र बितरण गर्दै आएका छन् । जसका कारण कम्पनीको पूँजी स्थिर हुँदा प्रतिसेयर आम्दानी, नेटवर्थ लगायतका सूचकहरु धेरै आश लाग्दो देखिएका हुन् ।

यसरी बितरण हुने लाभांशको आकार कमाईको तुलनामा झिनो हुने भएकाले दुवै कम्पनीको सेयर मूल्य औसत अवस्थामा रहेको हो । लाभांस क्षमता राम्रो हुँदा लाभांश पनि सोही अनुसार बितरण हुने हो भने अहिले देखिएको दुवै कम्पनीको मूल्य आम्दानी अनुपातको अवस्था अर्कै हुने देखिन्छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।