प्रिमियर इन्स्योरेन्सको जगेडा कोषमा यसकारण देखियो व्यापक सुधार

Aug 19, 2018 Merolagani

प्रिमियर इन्स्योरेन्स (PIC) को जगेडा कोषमा व्यापक सुधार आएको छ । अघिल्लो बर्ष १२ करोड ४ लाख रहेको कम्पनीको जगेडा कोष ५४ करोड १६ लाख बढेर ६६ करोड २६ लाख पुगेको छ । कम्पनीले एफपिओ बिक्रीबाट प्राप्त प्रिमियम जगेडा कोषमा सञ्चित गरेकाले धेरै बढेको देखिएको हो ।

प्रिमियरले फेस भ्यालुमा ६९९ प्रिमियम थपेर ६ लाख ५९ हजा। कित्ता एफपिओ गत पुसमा जारी गरेको थियो ।

एफपिओले समेत पाउने गरि गत बर्ष १३.५२ प्रतिशत बोनस वितरण गरेर कम्पनीले ४४ करोड ८५ लाखको चुक्ता पूँजी ५८ करोड ४० लाख पुर्याएको छ ।

बीमा समितिको निर्देशन अनुसार कम्पनीले एक अर्ब पूँजी कायम गर्नुुपर्नेछ । यस्तै कम्पनीको बीमा कोषमा ४१ करोड ३० लाख रुपैयाँ, महाविपत्ती कोषमा तीन करोड ७३ लाख रुपैयाँ सञ्चित छ । 

प्रिमियरले गत बर्ष एक करोड ७ लाखले खुद नाफा बढाएर १९ करोड २२ लाख आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यस अवधिमा कम्पनीले १८ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९१ पैसा, प्रति शेयर नेटवर्थ २९० रुपैयाँ ६० पैसा र मुल्य आम्दानी अनुपात ३२.३६ गुणा बढी छ ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा ७४ करोड १६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षको यस अवधिमा ७ करोड ६६ लाख रुपैयाँले वृद्धि गरेर ८१ करोड ८२ लाख रुपैयाँ पुर्याएको छ । यस अवधिमा कम्पनीले ४२ करोड एक लाख खुद दाबी भुक्तानी गरेको छ भने ३३ करोड ५४ लाख भुक्ताी हुन बाँकी रहेको छ ।

एक लाख ९७ हजार बीमा लेख जारी गरेको कम्पनीले गत बर्ष एक अर्ब ५४ करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो संकलन एक अर्ब ३५ करोड ८१ लाख रहेको थियो । कम्पनीमा नविकरण गरिएको बीमालेख संख्या एक हजार २९६ रहेको छ ।

यस अवधिमा कम्पनीले तीन हजार ६९० दाबी वापत एक अर्ब २८ करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले तीन हजार ७२२ दाबी वापत परेको एक अर्ब तीन करोड १७ लाख रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।