प्राइम बैंकमा विलय हुने भएपछि रोकियो ओमको कारोबार

Aug 20, 2018 Merolagani

प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने समझदारीमा आइतबार हस्ताक्षर गरेसँगै सोमबारदेखि नेप्सेमा ओम डेभलपमेन्ट बैंक (ODBL) को सेयर कारोबार रोक्का भएको छ ।

वित्त बजारको चुनौती र राष्ट्र बैंकको अस्थिर नीतिको सामना गर्न दुई बैंकहरु मर्ज भएको बताएका छन् । दुबै बैंकले संयुक्त रुपमा गत बर्षको लाभांश वितरणको प्रस्ताव गर्ने र तीन महिना भित्र एक्विजिशन प्रक्रिया पुरा गरी वित्तीय कारोबार थाल्ने योजना बनाएका छन् ।

प्राइम बैंकले कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि गर्दै सबल बैंकको रुपमा मुलुकको समग्र आर्थिक विकासमा सहभागिता बढाउने उद्देश्यले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको जनाएको छ ।

दुई बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्ता पूँजी झण्डै दश अर्ब पुग्नेछ । सम्पति तथा दायित्वको मूल्याङ्कन डीडीएबाट शेयर स्वाप तय गरिने बताइएको छ । दुई बैंक एक भएपछि बन्ने बैंकको निक्षेप एक खर्ब बढी र कर्जा ८९ अर्ब नाघ्ने छ । बैंकको शाखा सञ्जाल ११६ पुग्नेछ ।

 

तोकिएको पूँजी पुर्याएका बैंकहरुको मर्जरले अन्य बैंकहरुलाई समेत दबाव

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।