एनआईसी एशिया र प्राइम लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Aug 20, 2018 Merolagani

एनआईसी एशिया बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३७ वटै शाखाहरुबाट सहज रुपमा प्राइम लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सकिनेछ ।

बैंकको मुलुकभर २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकको वासलातको आकार १८२ अर्ब रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १५४ अर्ब रुपैयाँ तथा कर्जा १२७ अर्ब रुपैयाँ रहेको छ ।

हाल बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।