नगद लाभांशलाई लगानीकर्ताको लाल झण्डा,के होला बजार ?

Aug 21, 2018 Merolagani

कम्पनीहरुले घोषणा गरेको नगद लाभांशलाई लगानीकर्ताले नरुचाएको संकेत शेयरबजारले दिएको छ । गत बर्षको कमाईबाट नगद लाभांश मात्र घोषणा गरेका कम्पनीहरुको शेयर मूल्यमा आएको उच्च गिरावटले लगानीकर्ता नगद लाभांशप्रति सकारात्मक बन्न नसेको पुष्टि गरेको छ ।

गत बर्षको कमाईबाट नगद लाभांश मात्र घोषणा गरेका फर्स्ट माइक्रोफाइनान्स र वोमी माइक्रोफाइनान्सको शेयर मूल्य लाभांश घोषणा गरेको दिनदेखि निरन्तर घटिरेहेको छ । फर्स्ट माइक्रोफाइनान्सले १२.६३ प्रतिशत तथा वोमीले २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेका छन् ।

लाभांश घोषणा गरेको सूचना नेप्सेमा सार्वजनिक भएदेखि नै यी दुई कम्पनीहरुको शेयरमूल्य निरन्तर ओरालो लागेको छ । यसबीचमा फस्र्ट माइक्रकोको शेयर मूल्य १७.८१ प्रतिशत र वोमीको शेयर मूल्य १४.९६ प्रतिशतले घटिसकेको छ । फस्र्ट माइक्रोको १५ दिन र वोमीको ७ दिनभित्रमा उक्त परिमाणले शेयर मूल्य घटेको हो ।

फर्स्ट माइक्रोफाइनान्सको गत साउन २१ गते सोमबार बसेको सञ्चालक समतिको बैंठकले १२.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उक्त निर्णय नेप्सेमा साउन २२ गते सार्वजनिक भएको थियो ।

फर्स्ट माइक्रोको चुक्ता पूँजी ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँ छ । कम्पनीले ८ करोड ६४ लाख ४९ हजार ७४३ रुपैयाँ नगद लाभांश बाड्ने घोषणा गरेको छ । राष्ट्र बैंकको स्वीकृती पश्चात अगामी साधारण सभाबाट पारित गरेर सेयरधनीलाई वितरण गर्नेछ ।

माइक्रोफाइनान्सले गत आर्थिक बर्षमा १० करोड २१ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएर १४ रुपैयाँ ९३ पैसा कायम गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीले खुद नाफा २७.४३ प्रतिशतले बढेपनि पूँजी बढेको अनुपातमा कमाई गर्न नसक्दा प्रतिशेयर आम्दानीमा ह्रास आएको थियो । यसबीचमा कम्पनीले नगद लाभांश मात्र प्रस्ताव गरेपछि शेयर मूल्यमा पहिरो चलेको छ ।


फर्स्ट माइक्रोको मात्र होइन नगद लाभांश मात्र घोषणा गर्ने वोमी माइक्रोको हालत समेत उस्तै देखिएको छ । वोमीले साउन २९ गते नेप्से मार्फत २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको निर्णय सार्वजनिक गरेको थियो । कम्पनीले राष्ट्र बैंकको स्वीकृती पश्चात अगामी साधारण सभाबाट पारित भएपछि जारी शेयर पूँजीको २५ प्रतिशतका दरले २ करोड ५२ लाख ७५ हजार बराबरको नगद लाभांश सेयरधनीलाई वितरण गर्नेछ ।

अघिल्लो वर्ष २० प्रतिशत बोनस शेयर दिएको वोमीले २५ प्रतिशत नगद लाभांश मात्र घोषणा गरेपछि सोही दिन नै कम्पनीको शेयर मूल्यमा दश प्रतिशतले गिरावट आएको थियो । अघिल्लो बर्ष कम्पनीले २० प्रतिशत बोनस वितरण गरेको थियो ।

दश करोड दश लाख रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सले गत बर्ष तीन करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ०८ पैसा कायम गरेको छ । अघिल्लो बर्षको भन्दा ८६.९७ प्रतिशतले नाफा बढाएपनि कम्पनीको नगद लाभांशप्रति लगानीकर्ता सकारात्मक बन्न सकेनन् ।

 

अन्य कुन कम्पनीले कति गरे लाभांश प्रस्ताव ?

गतबर्ष र अघिल्लो बर्षको गरेर हालसम्म आठ कम्पनीले लाभांश घोषणा गरेका छन् । अधिकांश कम्पनीले बोनसमा भन्दा नगदमै जोड दिएका छन् ।

गतबर्षको कमाईबाट पोखरा फाइनान्सले ८.६८ प्रतिशत नगदर र ५ प्रतिशत बोनस घोषणा गरेको छ ।यसैगरी आईसिएफसि फाइनान्सले आठ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।

स्वरोजगार लघुवित्तले भने २० प्रतिशत बोनस प्रस्ताव गरेको छ भने मेरो माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस र ११ प्रतिशत नगद प्रस्ताव गरेको छ । ग्लोबल आइएमई लघुवित्तले १५ प्रतिशत बोनस प्रस्ताव गरेको छ । यस्तै ङादी पावरले दश प्रतिशत बोनस प्रस्ताव गरेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनले अघिल्लो आर्थिक बर्ष ०७३/०७४ को कमाईबाट ३६ प्रतिशत बोनस प्रस्ताव गरेको छ ।

के होला बजार ?

कम्पनीहरुले गत आर्थिक बर्षको बित्तीय विवरण प्रकाशन गरिसकेर धमाधम लाभांश घोषणा गर्ने तयारी गर्दा शेयर बजारका लगानीकर्ताहरुमा भने निराशा छाएको छ । अधिकांस बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको चुक्ता पूँजी पुर्याईसकेको अवस्थामा बोनस शेयर कम आउने आँकलनले पनि लाभांश घोषणाको सिजनमा समेत बजार बढ्न सकेको छैन ।

यो साताको पछिल्लो दिन शेयर बजारमा लगातार गिरावट देखिएको छ । शेयर बजारमा कारोबार रकम लगातार घटेर धेरै कम्पनीको शेयरको मूल्य समेत तल आउँदा लगानीकर्तामा कौतुहलता बढेको पाईएको छ ।

शेयर बजारका लगानीकर्ताहरुले ठूला र धेरै शेयर मूल्य भएका बाणिज्य बैंकहरुको लाभांश घोषणा पर्खेर बसेका छन् । उनीहरुको लाभांशले बजारको आगामी दिशा तय गर्ने निश्चित छ । कतिपय सेयरबजारका जानकारहरुले यो समयलाई सेयरको सिजन समेत बताउँदै आएका छन् तर कम्पनीहरुले के कसरी लाभांश घोषणा गर्लान भन्ने एकिन नहुँदा यहि समयमा शेयर बजार भने लगातार घटीरहेको छ ।

अघिल्ला बर्षहरुमा कम्पनीहरुले सार्वजनिक गरेका पूँजी योजनाका आधारमा लगानीकर्ताले लाभांश अनुमान गर्दे आएका थिए । तर यसपालि भने लगानीकर्ताहरु लाभांशको बिषयमा पूर्व आँकलन गर्ने अवस्थामा छैनन् । वाणिज्य बैंकहरुले नयाँ मोडलबाट सार्वजनिक गरेका वित्तीय विवरणले पनि लगानीकर्तालाई अलमलमा पारेको देखिन्छ ।

अबको बजार शेयर बजारका ठुला कम्पनीहरुले जुन प्रकारले लाभांश घोषा गर्छन त्यही प्रकारले अघि बढ्ने आँकलन गर्न सकिन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।