खुद नाफा १७२ प्रतिशत बढाउँदा पनि प्रतिसेयर आम्दानी दुई रुपैयाँ मात्र

Aug 22, 2018 Merolagani

पूँजी बढाउँदा कम्पनीले दिने प्रतिफलमा कसरी असर पर्छ भन्ने उदाहरण वाग्लुङ्गमा केन्द्रीय कार्यालय रहेकाे ग्रीन डेभलपमेन्ट बैंक(GRDBL) ले दिएकाे छ । खुद नाफा बढाएपनि अत्याधिक पूँजी बढाेत्तरीले उसकाे प्रतिसेयर अाम्दानी भने अघिल्लाे बर्षभन्दा घटेकाे छ ।

तीन जिल्ला कार्यक्षेत्र रहेकाे यस विकास बैंकले राष्ट्र बैंकले ताेकेकाे चुक्त्ता पूँजी कायम गर्न चार सय प्रतिशत हकप्रदकाे बाेझ सेयरधनीलार्इ बाेकाएर ५० कराेड कायम गरेकाे थियाे ।

ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षमा चुक्त्ता पूँजी बढाएसँगै खुद नाफा पनि १७२.४९ प्रतिशतले बढाएको छ । तर यति धेरै नाफा बढाउँदा पनि उसकाे प्रतिसेयर आम्दानीमा भने जम्मा दुई रुपैयाँ मात्र रहेकाे छ । अघिल्लाे बर्ष बैंककाे प्रतिसेयर अाम्दानी तीन रूपैयाँ रहेकाे थियाे ।

अघिल्लो बर्ष २०७३/७४ मा बैंकले ३० लाख ५७ हजार खुद नाफा गरेकोमा आर्थिक बर्ष ०७४/७५ मा बैंकले खुद नाफा ८३ लाख ३० हजार रुपैयाँ पुर्याएको छ ।

दश कराेड पूँजीलार्इ चार सय प्रतिशत हकप्रद जारी गरेर ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गरेको बैंकको जगेडा कोषमा गत बर्षमा ५६ लाख ८५ हजार रुपैयाँले धनात्मक बनाएकाे छ ।  अघिल्लाे बर्ष बैंक ७० लाख ३५ हजार जगेडा नाेक्सानीमा रहेकाे थियाे ।

समिक्षा अवधिमा बैंकले ५९ करोड ८९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७५ करोड ८६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

त्यसैगरी बैंकले गत बर्ष सात करोड ९२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ भने चार करोड ७९ लाख रुपैयाँ ब्याज खर्च गरेको छ । बैंकको खुद ब्याज आम्दानी तीन करोड १३ लाख रुपैयाँ छ ।

बैंकमा खराब कर्जा अनुपात २.६६ प्रतिशतमा बढेको रहेको छ । अघिल्लो बर्ष बैंकमा खराब १.५८ प्रतिशत थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।