प्रभु इन्स्योरेन्सको एक लाख ३७ हजार कित्ता शेयर लिलामीमा आउने

Aug 22, 2018 Merolagani

प्रभु इन्स्योरेन्स (PRIN) को ४६ प्रतिशत हकप्रदमा अवितरित एक लाख ३७ हजार १६ दशमलव ६३ कित्ता शेयर लिलामी बिक्रीमा आउने भएको छ । इन्योरेन्सले गत असार ८ गते देखि साउन १० गते सम्म निष्काशन गरेको हकप्रद शेयर सबै बिक्री नभए पछि बाँकी शेयर लिलामी बिक्री गर्ने भएको हो ।

कम्पनीले १० बराबर ४ दशमलव ६ कित्ता अनुपातमा ३१ लाख ६६ हजार ६७७.६३ कित्ता हकप्रद बिक्रीका लागि खुल्ला गरेको थियो ।

सो हकप्रद कम्पनी रितिपूर्वक आवेदन दिने सात हजार ७३६ जनालाई धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटलले भदौ ५ गते ३० लाख २९ हजार ६६१ कित्ता शेयर बाँडफाँड गरेको हो ।

हकप्रदमा बिक्री नभएको संस्थापक र साधारण गरि कूल एक लाख ३७ हजार १६.६३ कित्ता शेयर कम्पनीले लिलामी बढाबढमा बिक्री गर्ने भएको छ । यद्यपी कम्पनीले लिलामी बिक्रीकाे सूचना भने प्रकाशन भने गरिसकेकाे छैन । बुधबार कम्पनीको सेयर दोस्रो बजारमा प्रतिकित्ता ४७५ रुपैयाँमा कारोबार भएको छ ।

गत आर्थिक बर्षको चौथो त्रैमास अनुसार ६८ करोड ८४ लाख रुपैयाँ चुुक्ता पूँजी रहेको कम्पनीको प्रति शेयर आम्दानी ३२ रुपैयाँ र प्रति शेयर नेटवर्थ २१४ रुपैयाँ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।