भदौ ७ गते बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले आव ०७४।७५ का लागि इकाईधनीलाई सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसअघि सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमले गत ०७४/७५ मा आफ्ना इकाइधनीलाई १२ प्रतिशत नै नगद लाभांश घोषणा गरेको थियो ।
कूल एक अर्ब आकारको यस फण्डले १२ प्रतिशतका दरले हुन आउने १२ करोड रुपैयाँ आफ्नो इकाईधनीहरुलाई वितरण गर्न भएको हो । इकाईधनीहरुलाई लाभांश वितरणका गर्ने प्रयोजनका लागि कम्पनीले भदौ २२ गते इकाइधनी पुस्तिका बन्द गर्ने भएको छ ।
यस अनुसार भदौ २१ गते सम्म कायम इकाईधनीले कम्पनीले घोषणा गरेको प्रतिफल प्राप्त गर्नेछ । एनआईबिएल समृद्धि फन्ड १ एनआईबिएल क्यापिटलको व्यवस्थापन तथा इन्भेष्टमेन्ट बैंक प्रवद्र्धक अन्तगर्त सञ्चालित सामूहिक लगानी कोष हो ।