अग्नी बीमा रोकिएपछि युनाइटेडको कुल बीमा शुल्क २२.८०% ले घट्यो

Aug 23, 2018 Merolagani

सिजी इलोक्ट्रोनिक्समा भएको आगलागी काण्डमा किर्ते दाबी भुक्तानी विवादमा फसेको युनाईटेड इन्स्योरेन्स (UIC) ले गत आर्थिक वर्ष सम्ममा अग्नी बीमावाट मात्रै ७ करोड ७२ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ । 

बीमा समितिले ३ महिनासम्म अग्नी बीमामा रोक लगाएको भएपनि सो बराबरको बीमा शुल्क संकलन गर्न सफल भएको हो । 

निर्जीवन बीमा कम्पनीहरुको व्यवसायकै मुख्य श्रोतमध्ये अग्नी बीमा पनि पर्ने गर्दछ । उसकाे तीन महिना सम्म रोकिए पनि यस अवधिमा कम्पनीले ७ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेर तीन करोड २३ लाख रुपैयाँको दाबी भुक्तानी गरेको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताए । यस अवधिमा कम्पनीको व्यवसायिक सुधार हुँदै गएको भट्टराईको दाबी छ । 

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रेमाससम्ममा ४७ करोड ७४ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । यो अघिललो आर्थिक वर्षका तुलनामा १४ करोड १३ लाख अर्थात २२.८० प्रतिशतले थोरै हो । अघिल्लो आर्थिक वर्षमा ६१ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो ।

कम्पनीले यस अवधिमा २८ करोड ३८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि त्रैमासमा ३६ करोड ९१ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो ।

कम्पनीको खुद नाफा पनि एक करोड ४४ लाख रुपैयाँले घटेर १५ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको यस अवधिमा १७ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

यस अवधिमा कम्पनीले एक हजार ९४६ दाबी वापत ८७ करोड ५३ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ भने एक हजार ७१९ दाबी वापत २५ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको ५४ हजार ९०० बीमालेखहरु जारी भएका छन् भने यस अवधिमा नौ हजार ८३३ बीमालेखहरु नवीकरण भएका छन् । कम्पनीको प्रति शेयर आम्दानी ५२ रुपैयाँ ४४ पैसा, प्रतिशेयर नेटवर्थ २०९ रुपैयाँ ३५ पैसा र मुल्य आम्दानी अनुपात १८.२१ गुणा बढी छ ।

बीमा समितिले युनाइटेडलाई किर्ते दाबी भुक्तानी गरेको भेटेपछि अग्नी बीमालेख बिक्रीमा रोक लगाएको थियो । त्यसपछि युनाइटेड इन्स्योरेन्सले अदालतको शरणमा पुगेको थियो । इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृतको बारेस कानून अधिकृत बिदुर बहादुर भुजेलले समिति विरुद्ध २०७४ चैत १८ गते सर्बोच्व अदालतमा मुद्धा दायर गरेका थिए ।

त्यसको करिब तीन महिना पछि अर्थात २०७५ असार १९ गते सर्वाेच्च अदालतका न्यायधिशद्धय सपना मल्ल प्रधान र ईश्वर खतिवडाको पूर्ण इजलासले कम्पनीको अग्नी बीमा रोक्ने निर्णय तत्काल कार्यान्वयन नगर्न बीमा समितिलाई आदेश दिएको थियो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।